बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा हप्ता दिनअघि हराएका बालक मृत फेला

बिहीबार, १२ मङ्सिर २०७६, १५ : २६
बिहीबार, १२ मङ्सिर २०७६

जुम्ला । पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् ।

हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उनले भने, ‘उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप