शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पिपरा गाउँपालिकाका उम्मेदवारको घरमा बम विस्फोट

बिहीबार, १२ मङ्सिर २०७६, १७ : १६
बिहीबार, १२ मङ्सिर २०७६

काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो । 

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ । 

घटनास्थल पिपरा गाउँपालिका वडा नम्बर ३ स्थित पिपरा गाउँ पुगेका रातोपाटीकर्मी किरण कर्णले प्रेसर कुकर बम विस्फोट भएको बताए । 

अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको महाेत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएकाे छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप