शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवजात शिशुको २८ वटा हड्डी तोडेर बुवाले लिए ज्यान, १६ वर्षको जेल सजाय

आइतबार, १५ मङ्सिर २०७६, ०९ : ३४
आइतबार, १५ मङ्सिर २०७६

एक पिताले आफ्नो नवजात शिशुलाई यति बेस्सरी हल्लाए कि बालकको २८ वटा हड्डी  भाँच्चिएको छ । घटनाको केही समयपछि उपचारको क्रममा बालकको मृत्यु भएको छ । अनुसन्धानको क्रममा आरोपी पिताको अनलाइन सर्च हिस्ट्री भेटियो । पिताले अनुुसन्धान गरेका थिए, ‘मैले आफ्नो बच्चालाई निकै बेस्सरी समातेँ जसका कारण उसको शरीरमा दाग देखिएको छ । के तपाईंले कहिले आफ्नो बच्चा राइरहेका बेला दुर्घटनावश चोट पुर्याउनुभएको छ ?’

घटना ब्रिटेनको केन्टको हो । एक स्थानीय अदालतले नोभेम्बर २९ मा दोषी पिता ली वर्नन (२१) लाई आजीवन कारावासको सजाय सुनाए । उनले कम्तीमा १६ वर्ष जेलमा बिताउनुपर्नेछ ।

(Image: Kent Police)

पिताले गत वर्ष जुलाईमा आफ्नो बच्चाको टाउकोमा गम्भीर चोट पुर्याएका थिए । घटनापछि लण्डनको हस्पिटलमा बच्चाको मृत्यु भएको थियो । पिता आफैंले इमर्जेन्सी सर्भिसका लागि फोन गरेका थिए । इमर्जेन्सी सर्भिसका एजेन्टसँग पिताले बच्चाको अवस्थाबारे आफू अनभिज्ञ भएको बताएका थिए ।

पुलिससँगको सोधपुछमा वर्ननले बच्चा आफ्नो हातबाट दुर्घटनावश फुत्किएको र भुइँमा खस्नुअघि सोफाको काठमा बेस्सरी ठोक्किएको बताए ।

पछि पुलिस सोधपुछमा पिताले दिएको बयान र मेडिकल रिपोर्टले भिन्न भिन्न कहानी बताइरहेको थियो । डाक्टरका अनुसार हस्पिटल ल्याउनुभन्दा अघि कम्तीमा दुई पटक बच्चालाई चोट पुर्याइएको थियो ।

एक पुलिस अधिकारीका अनुसार यो भावनात्मक रुपमा गहिरो र निकै जटिल केस थियो । तर मेडिकल एक्सपर्टको मद्दतले पुलिसले अनुसन्धान पूरा गर्न सक्यो । अदालतसामू पितालाई कडाभन्दा कडा सजाय दिने माग गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप