बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भालुको आक्रमणबाट दुई प्रहरी घाइते

आइतबार, १५ मङ्सिर २०७६, २२ : ५४
आइतबार, १५ मङ्सिर २०७६

रसुवा । ब्यारेकको खानेपानी व्यवस्थापन गर्न काममा खटिएका दुई सशस्त्र प्रहरी भालुको आक्रमणबाट घाइते भएका छन् । 
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्वगस्ती २१ नम्बर गुल्म तिमुरेमा कार्यरत सहायक हवल्दार वीरबहादुर थिङ र प्रहरी जवान किरण तामाङ रहेका छन् ।

    आक्रमणमा पर्ने रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–४ स्थायी घर भएका सहायक हवल्दार थिङको टाउकोमा गम्भीर चोट लागेको छ भने नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका–१ घर भएका प्रहरी जवान तामाङको अवस्था सामान्य रहेको बताइएको छ । 

    रातको समयमा हेलिकप्टर आउन नसक्ने भएका कारण एम्बुलेन्सद्वारा उपचारार्थ काठमाडौँ पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप