शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देखिएन सिके राउतको ‘जनमत'को जनमत : ९ उम्मेदवार, मत ५ सय पनि कटेन

सोमबार, १६ मङ्सिर २०७६, ११ : २४
सोमबार, १६ मङ्सिर २०७६

काठमाडौँ । उपनिर्वाचनमा प्रदेश २ मा पुराना दलबाहेक आकर्षणको केन्द्रमा थियो, सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) ।

केही समयअघिसम्म तराई–मधेशलाई नेपालबाट अलग गर्नुपर्ने अभियानमा लागेका राउत मूलधारको राजनीतिलाई स्वीकार गर्दै यसपटक चुनावी मैदानमा उत्रिएका थिए । यो निर्वाचन उनले उठाएका मुद्दालाई कति जनसमर्थन प्राप्त छ भन्ने परीक्षणका रुपमा हेरिएको थियो ।

जनमत पार्टी गठन गरी ‘लाउडस्पीकर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राउतले ९ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको थिए । तर, कुनै पनि उम्मेदवारहरुले सन्तोषजनक मत ल्याउन सकेनन् । कोही उम्मेदवार त झन् शुन्य मतमा सिमित बनेका छन् ।

यस्तो छ जनमत पार्टीले ल्याएको मत :

बलवा नगरपालिका – २ महोत्तरी

बिरेन्द्र कुमार साह – २२३

गढीमाई नगरपालिका – २ रौतहट

राधेश्याम साह बनिया – १२

बलवा नगरपालिका – ८ महोत्तरी

फुलकुमारी देवी – ९

बारागढी गाउँपालिका – १ बारा

शंकर प्रसाद चौधरी – ३

पिपरा गाउँपालिका अध्यक्ष – महोत्तरी

अंजनीदेवी मण्डल – ०

हरिपूर्वा नगरपालिका – १ सर्लाही

दिनेश राय यादव – ५२

कल्याणपुर नगरपालिका – १२ सिरहा

मो. अताउल रहमान – १६०

छिन्नमस्ता गाउँपालिका – ११ सप्तरी

दिनेशकुमार यादव – ११

धनपालथान गाउँपालिका – २ मोरङ

चनरादेवी मण्डल – १

के भन्छन् राउत ?

जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनको परिणामलाई उत्साहजनक भन्दै स्वीकार गरेका छन् । पहिला आफ्ना पार्टीका ६ जनासमेत नभएको स्थानमा ६०० मत हासिल गरेको भन्दै उनले उपनिर्वाचनमा आफ्नो पार्टीले ल्याएको परिणामलाई स्वीकार गरेका हुन् ।

सोमबार आफ्नो फेसबुक पेजमा उनले आफूहरु अग्रगतिमा रहेको जनाएका हुन् । उनले भनेका छन्, ‘के पिपरामा मनोनयनको एक महिना अघिसम्म हाम्रा पक्षमा ६ जना खुलेर आउने अवस्था थियो ?’ पिपराको कुनै वडा र टोलमा आफ्नो पार्टीको स्थानीय समितिसमेत नरहेको अवस्थामा उपनिर्वाचनमा आएको मत उत्साहजनक रहेको उनको भनाइ छ ।

उनले पार्टीको सदस्यता वितरण, समिति निर्माणजस्ता गतिविधिलाई प्राथमिकतामा राखेर दैनिक रुपमा मेहनत गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप