महिला भलिबलको फाइनलमा नेपाल पराजित, भारतले जित्यो स्वर्ण
काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद अन्तर्गत महिला भलिबलको मंगलबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । हारसँगै नेपालले रजतमा चित्त बझाउन बाध्य रह्यो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको निकै रोमाञ्चक खेलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट भारतले २५–१७ ले जित्यो भने नेपालले दोस्रो सेट २५–२४ र तेस्रो सेट २५–२१ ले जित निकाल्न सफल भयो । चौथो सेट भने भारत २५–२०ले जित्यो भने अन्तिम सेट १५–६ को नतिजा निकाल्दै विजयी भयो । हालसँगै नेपाल इतिहास रच्नबाट चुकेको छ ।
तर साग नेपाली भलिबलको इतिहासमा यो पहिलो रजत पदक हो । यसअघि नेपाली महिला भलिबल टोलीले सागमा तीन पटक कांस्य जितेको थियो । नेपालले सन् १९९९, २००६ र २०१६ को सागमा कांस्य जितेको थियो । नेपालले सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश