केन्द्रीय संस्करण

लिभरपुलको अपराजित यात्रा जारी

person explore access_timeमंसिर १९, २०७६ chat_bubble_outline0

डिभोक ओरिगीको दुई गोल गरेपछि शीर्ष टोली लिभरपुलले इङ्लिस प्रिमिर लिगमा अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई ५–२ गोलले हरायो ।

लिभरपुललाई जिताउन ओरिगीको दुई तथा जरदान साकिरी, साडियो माने र जर्जिन्हो विजनाल्डमले एक एक गोल गरे । एभर्टनका मिचेल किन र रिचार्लीसनले गोल गरे । लिभरपुलले छैटौ मिनेटमा  डिभोक ओरिगीको गोल बाट अघि बढेको थियो । १७औं मिनेटका साकिरीले लिभरपुलको अग्रता दोब्बर बनाए । २१औं मिनेटमा किनले एक गोल फर्काए । ३१औं मिनेटमा ओरिगीले व्यत्तिगत दोस्रो गोल गरे ।

४५औं मिनेटमा साडियो मानेले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एभर्टनका रिचार्लीसनले अर्को एक गोल फर्काए । त्यसपछि लिभरपुलले खेलको अन्तिममा अर्को गोल थपेको थियो । ९०औं मिनेटम विजनल्डमले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाएको थिए । लिगमा अपराजित यात्रा जारी राखेको लिभरपुलले १५ खेलबाट ४३ अंक बनाएको छ । १४ अंक बनाएको एभर्टन रेलिगेसनको चपेटामा छ ।

यसैगरी लिगमा लेस्टर सिटीले लिभरपुललाई पछ्याउने क्रम जारी छ । बुधबार राति भएको खेलमा लेस्टरले वाटफोर्डलाई २–० गोलले हरायो । घरेलु मैदानमा लेस्टरको जितमा जिमी भार्डीले ५५औं र जेम्स म्याडिसनले ९०औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरले ३५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको ३२ अंक छ । लेस्टरसँग हारेको वाटफोर्ड आठ अंक सहित तालिकाको अन्तिममा छ । 

 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.