सरकार जनताको सेवक बन्नुपर्छः माधव नेपाल
बुटवल । ११ औँ कपिलवस्तु महोत्सवको बिहीबारदेखि सुरु भएको छ ।
महोत्सवको एक समारोहकाबीच पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै नेता नेपालले हालै सम्पन्न उपनिर्वाचनको परिणामले सरकार र नेकपा पार्टीलाई सच्चिनुपर्ने सन्देश दिएको धारणा राखे ।
उपनिर्वाचनको नतिजा नेकपाको लागि सन्तोषजनक नभएको र परिणामले सरकारको गतिविधि जनहित अनुकूल नभएको संकेत गर्ने उनको भनाइ थियो । उनले नेकपा समयमै सच्चिएर जनतासँग हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारले पनि जनताको सेवक भएको प्रत्याभूति दिनुपर्ने बताए ।
त्यस्तै महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै पनिवर्तमान कृषिमन्त्री चक्रापणि खनाल बलदेवले मन्त्री हुँदा आफूले खसी बोका तथा धूलो दुध आयातमा रोक लगाएको बताउँदै कपिलवस्तु जिल्लामा कृषिसँग सम्बन्धित विभिन्न पूर्वाधारहरु अगाडि बढेको तर पर्याप्त नभएको बताए ।
त्यस्तै पूर्वराजदुत दीपकुमार उपाध्यायले दलीय विवाद गर्ने समय अब नभएको भन्दै सबै मिलेर विगतका गल्ती कमजोरी र चुकेका विषयलाई आत्मसाथ गर्दे विकासका लागि अगाडि बढ्नुपर्ने बताए ।
आजदेखि सुरु भएको ११ औँ कपिलवस्तु महोत्सव पौष १ गते सम्म संचालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु