शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डद्वारा तेघरीको अवलोकन

बिहीबार, १९ मङ्सिर २०७६, २२ : ०५
बिहीबार, १९ मङ्सिर २०७६

अत्तरिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तरियास्थित तेघरीमा बन्न लागेको सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी क्षेत्रको अवलोकन गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार गर्ने वित्तीय सम्मेलनको उद्घाटनका क्रममा धनगढी आइपुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी बन्ने स्थानको स्थलगत अवलोकन गरी जानकारी लिए । 

उनले अवलोकनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारले तोकेको स्थायी राजधानीको स्थान उपयुक्त रहेको प्रक्रिया दिएको गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदले जानकारी दिए । प्रचण्डसँगै अवलोकनका क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलगायत प्रदेशसभा सदस्यहरुको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप