शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एथ्लेटिक्समा गोपीले दिलाए नेपाललाई स्वर्ण

शुक्रबार, २० मङ्सिर २०७६, १३ : ५१
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । ५ हजार मिटर पुरुषमा यो नेपालको पहिलो स्वर्ण हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको एथेलेक्टिस ट्र्याकमा भएको दौडमा गोपीले निर्धारित  ५ हजार मिटर १४ मिनेट ५४।२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ । यस स्पर्धामा नेपालकै हरिकुमार रिमालले काँस्य जिते । रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरे । भारतका सुनिल दवारले १४ मिनेट ५५.२१ सेकेन्डको समयसहित रजत जिते ।  योसहित नेपालले ३९ स्वर्ण पदक प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप