बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुन–चाँदीसहित भारतीय तस्कर पक्राउ

शनिबार, २१ मङ्सिर २०७६, १७ : १५
शनिबार, २१ मङ्सिर २०७६

जनकपुर  । धनुषामा सुन–चाँदीसहित एकजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

शनिबार धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट भारतको विहार प्रान्तको मधुवनी जिल्ला गोवराही बस्ने ४० वर्षीय जय प्रकाश यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारततर्फ अवैध रुपमा तस्करी गरी लैजादैँ गर्दा सशस्त्र प्रहरीको गण नम्बर ८ र देवडिहाबाट खटिएको संयुक्त सशस्त्र प्रहरी बलको टोलीले ६ किलो ८ सय ५० ग्राम चाँदीको बुनिया, १ सय ग्रामको सुनको बलिया र २६ ग्राम मालवाडीसहित यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्रका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिए ।

पक्राउ परेका यादवका साथबाट बरामद भएको सुन र चाँदीको मूल्य १२ लाख ८८ हजार ७ सय ९२ रुपैयाँ रहेको धनुषाका सशस्त्र प्रहरी उपरिक्षक उप्रेतीले बताए । 

साइकलमा सवार भइ भारत तर्फ जाँदै गरेको अवस्थामा शंकाको आधारमा चेकजाँच गर्दा पक्राउ परेका यादवको साथबाट सुन र चाँदी बरामद भएको उनले बताए । 

साइकल सहित यादवलाई नियक्रणमा लिई थप आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप