शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘टालाटुली बटुली पुतली त होइन नि नेपाल !’

आइतबार, २२ मङ्सिर २०७६, १० : ५०
आइतबार, २२ मङ्सिर २०७६

कुनै समय थियो — कर्तृपुरदेख कामरुपसम्म अर्थात् कस्मीरदेखि आसामसम्मको भूभाग नेपाल थियो । कस्मीरलाई खसमीर पनि भनिन्छ । खसआर्यहरुको त मूल थलो जस्तै थियो कस्मीर ।

हिमाल, पहाड र तराइको विशाल भूक्षेत्र ओगटेको शैव, शाक्त एवम् प्रकतिपूजकहरुको देश थियो नेपाल । वेद पुराण र प्राचीन महाकाव्यहरुमा वर्णित नेपाल । दक्षिण एशियामा सवैभन्दा पुरानो देश नेपाल । प्रथम बोधिसत्व अर्थात्  विश्वकै आदिगुरु महात्मा शिवको उद्गम तथा क्रीडाभूमि हो नेपाल । विश्वकै ज्ञानचक्षु करुणावतार महात्मा बुद्धको जन्मभूमि, हो नेपाल । मानव सभ्यताका शिखरकथाहरु नेपालका लोकजीवनमा आज पनि जीवन्त छन् । वैदिक गीत, नृत्य र जात्राहरु दक्षिण एशियामा अन्यत्र कतै बाँकी छैनन्, नेपालका पहाड र उपत्यकामा कायम छन् ।

समयको लामो अन्तरालमा पटक पटक छितरियो बाँधियो र पनि विशाल भूभागमा जीवन्त र स्वाधीन रहिआएको देश हो नेपाल । कथित सुगौली सन्धिअघिसम्म पनि तिष्टादेखि काँगडासम्म फैलिएको थियो नेपाल । छिमेकी मुलुकमा बेलायतको कम्पनी सामाज्य रजाइँमा हुँदा तत्कालीन नेपाली शासकको अदूरदर्शिताका कारण विना तैयारी युद्धमा होमिनुका कारण अप्रत्याशित  सुगौलीसन्धिमा खुम्चनु पर्दा पनि नेपालीहरु हताश थिएनन् । कुनै दिन भारत स्वतन्त्र हुन्छ र स्वाधीन भारत सरकारले नेपालसित मित्रतापूर्ण सम्बन्ध  राख्छ भन्नेमा आशावादी थिए । यसैले बेलायतीहरुलाई बेलायत फर्काउन आयोजित भारतीय जनताको स्वतन्त्रता सङ्ंग्राममा नेपाली जनता पनि भारतीय जनतासितै ज्यान हत्केलामा राखेर लडेका हुन् । भारतीय जनतासँग नेपाली जनताको सम्बन्ध आज पनि हराभरा छ, ताजा छ ।

*******

कुनै दिन भारत स्वतन्त्र हुन्छ र स्वाधीन भारत सरकारले नेपालसित मित्रतापूर्ण सम्बन्ध  राख्छ भन्नेमा आशावादी थिए । यसैले बेलायतीहरुलाई बेलायत फर्काउन आयोजित भारतीय जनताको स्वतन्त्रता सङ्ंग्राममा नेपाली जनता पनि भारतीय जनतासितै ज्यान हत्केलामा राखेर लडेका हुन् । भारतीय जनतासँग नेपाली जनताको सम्बन्ध आज पनि हराभरा छ, ताजा छ ।

*******

विगत ७० वर्षदेखि लोकतन्त्रका नाममा भारतीय जनतामाथि रजाइँ गरिआएका भारतीय शासकहरुले भने नेपालमाथि उपनिवेशकालीन हुँडार दृष्टि नै कायम राखिआए । सके झम्टने क्वाप्प पार्ने नसके मित्रता जनाउने, कन्याउने र मौका पारेर आन्द्राभुँडी थुत्ने प्रवृत्ति नै भारतीय शासकहरुको प्रवृत्ति रहिआयो । भारतमा अंग्रेजी साम्राज्य राज हुँदा नेपालका जंगबहादुरले गाडेका सीमास्तम्भ पनि ‘लोकतान्त्रिक’ भारतीय शासकहरुले यथास्थान रहन दिएनन् । यसबीच झण्डै साठी हजार पाँच शय वर्ग किलो मिटर नेपाली जमीन भारतीय शासकहरुले मिच्न भ्याए । नेपालका शासकहरुलाई कन्याइ कन्याइकन नेपालका नदीनालाहरु आफ्ना पोल्टामा पार्न पनि भ्याए । बहादूर नेपाली जनता आदिकवि वाल्मीकिले रामायणमा भन्नुभएमुताविक हिमालले जस्तै धैर्यको हिउँ बोकेर हेरिबस्यो । “विष्णुना सदृशो वीर्ये धैर्येण हिमवानिव –(वाल्मीकीय रामायायण वालकाण्ड) ।”

अन्यत्र दुर्लभ मौलिक नेपाली जडीबुटी (हेर्नुस् अमरकोश, वनौषधिवर्ग) र त्यत्तिकै दुर्लभ जनजातिका पुरातात्विक प्रकृतिका गाउँहरु रहेको र उत्तरी छिमेकी चीनसँग पौराणिक कालदेखिको आवतजावतको खास बाटो रहेको हरेक दृष्टिले महत्वपूर्ण भूभागमा अवस्थित महाकाली नदीको उद्गम लिम्पियाधुरादेखि पूर्वको झण्डै ३००वर्ग किलोमिटर नेपाली भूमि हड्पिने प्रयत्न छिमेकी भारतका ‘लोकतान्त्रिक’ शासकहरुको पछिल्लो चुरीफुरी बनेको देखिएको छ । नेपाली भूमिमा भारतले अहिले जबर्जस्ती शैलीमा सेना थुपारेको छ । नेपाली भूमिलाई आफ्ना नक्सामा पारेर छापेको छ । यसरी मिचाहापनको पराकाष्टामा उत्रेका छन् भारतीय शासकहरु ।

*******

नेपालको यति ठूलो भूभाग जबर्जस्ती हडपिने तहसम्म उत्रेका भारतीय शासकहरुको अत्याचारले नेपालका शहरदेखि गाउँगाउँ, बस्तीबस्तीसम्मका एक एक वीर वीराङ्ंगना नेपालीको रगत तातेको छ । विश्वभरीकै नेपालीको रगत तातेको छ । नेपालका हितचिन्तक सवैको रगत तातेको छ । नेपाली जनताका मित्र भारतीय जनताको पति रगत तातेको छ ।

*******

नेपालको यति ठूलो भूभाग जबर्जस्ती हडपिने तहसम्म उत्रेका भारतीय शासकहरुको अत्याचारले नेपालका शहरदेखि गाउँगाउँ, बस्तीबस्तीसम्मका एक एक वीर वीराङ्ंगना नेपालीको रगत तातेको छ । विश्वभरीकै नेपालीको रगत तातेको छ । नेपालका हितचिन्तक सवैको रगत तातेको छ । नेपाली जनताका मित्र भारतीय जनताको पति रगत तातेको छ ।

भारतीय शासकहरुले नेपाली भूमि यसरी नै हड्पिँदै जाने हो र हामीले सहँदै जाने हो भने भोलि हामी नेपालीको ढुक्कको  थातथलो कतै कुनै बाँकी नरहन पनि सक्छ । हामी देशविहीन बनाइन पनि सक्छौं । यसैले जमीन कब्जाको यो चोट सहन सकिने चोट छैन ।

हामी नेपाली जनता विश्वका नेपालप्रेमी जनतालाई आह्वान गर्छौं आफैंलाई आह्वान गर्छौं र भन्छौं, हामीले मित्रतापूर्ण व्यवहार गर्दागर्दै भारतीय शासकहरुले निर्लज्जताका साथ हाम्रो जमीन हड्पेका छन् । हामीलाई  यो सह्य छैन । कदापि सह्य छैन ।

महात्मा बुद्धका देशका शान्तिप्रिय नेपाली हामी, रामायणका प्रथम प्रणेता र रामका आदर्शको काव्यमय व्याख्याता आदिकवि वाल्मीकिको देशका हामी । “कालाग्निसदृशः क्रोधे क्षमया पृथिवीसमः अर्थात् पृथिवीजत्तिकै क्षमाशील रहँदा पनि कसैले अत्याचार गर्छ र रिस उठाउँछ भने प्रलयकालको आगोजस्तै दन्कन सक्ने,(वाल्मीकीय रामायण, वालकाण्ड)” रामप्रतिका वाल्मीकिको महान् निष्कर्श हाम्रो रगरगमा छाएको छ । अर्काको देश लुटेर रजाइँ गर्ने रावण मानसिकता हाम्रो मानसिकता होइन । हामी रावण मानसिकताका विरोधी हौं । यजुर्वेदका प्रणेता याज्ञवल्क्यको देश हाम्रो देश । “मागृधः कस्यीस्वद् धनम्” हाम्रै स्थापना हो । हामी अरुको लोभ गर्दैनौं आफ्नो छाड्दैनौं । सुरासुर संस्कृतिका बीच समन्वय एवम् मित्रताका अभियन्ता र विश्वलाई नै मित्रता र गायत्रीको सदुबुद्धि सन्देश दिने महान् ऋषि विश्वामित्रको जन्मभूमि र तपोभूमि नेपालका बासिन्दा ऋषिचेता हामी छिमेकी भारतका शासकवर्गलाई साँच्चिकै ऋषिमनको धैर्य र बोधिसत्वको शान्त मानसिकताका साथ भन्छौं, तिमीले जबर्जस्ती कब्जा गरेको हाम्रो जमीन छोड । हाम्रो यो अति महत्वपूर्ण र प्राणप्रिय जमीनमाथि हिंस्रक दह्रा नङ्ग्रा नगाड । तिमीहरुले छ भन्ने गरेको ‘लोकतन्त्र’को पनि लङ्गौटी–लाज राख ।

*******

हामीलाई माया गर्नेहरु धेरै छन् । भारतमै पनि छन् । भारतीय शासकका मुटुका धमनीहरुमा पनि हामी छौं । भारतलाई हाम्रो अजस्र योगदान र अनुदान रहिआएको छ । हामीलाई चिड्याएर भारतका शासकवर्गको पनि कल्याण छैन ।

*******

हामी आज आकारमा सानो हौंला सार्वभौमिक अधिकारमा साना छैनौं । हामी विश्वभरी छौं । विश्वभरीकै जनताबीच छौं । हामीलाई माया गर्नेहरु धेरै छन् । भारतमै पनि छन् । भारतीय शासकका मुटुका धमनीहरुमा पनि हामी छौं । भारतलाई हाम्रो अजस्र योगदान र अनुदान रहिआएको छ । हामीलाई चिड्याएर भारतका शासकवर्गको पनि कल्याण छैन ।

यो धाक होइन । धम्की त हुँदै होइन । यो त ऋषिमन सम्बोधन हो । सम्बोधी सम्बोधन हो । शिष्ट सभ्य सम्बोधन हो । यो रामको शैली हो । बुद्धको शैली हो । विश्वामित्रको शैली हो । समय जति लाग्ला नेपाली वीर वीराङ्गनाहरु सङ्घर्षबाट थाक्दैनन् । काम फत्ते नगरी अभियान छोड्दैनन् । लिम्पियाधुरा महाकाली नदीको मुहान हो र महाकाली पूर्वको जमीन नेपालको हो । यो जगजाहेर तथ्य हो । हामी अहिले सुगौली सन्धिलाई टेकेर बोल्दैछौं । सुगौली सन्धि मान्छ भने भारतले महाकालीपूर्वको जमीन एक इन्च पनि च्याप्न मिल्दैन, । सुगौली सन्धि मान्दैन भने भारले तिष्टादेदेखि काँगडासम्मको पुरातन नेपाली भूभाग नेपाललाई छोड्नु पर्छ । हैन र ?

टालाटुली बटुली पुतली त हैन नि नेपाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप