शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सागको समापन समारोह हेर्न आउने दर्शकहरुलाई ट्राफिक प्रहरीको विशेष अनुरोध

सोमबार, २३ मङ्सिर २०७६, २१ : २१
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाइनल गेम हेर्न आउनेहरुलाई शहिद गेटस्थित नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट प्रवेश गरिदिन अनुरोध गरिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार सूचना जारी गरी साग हेर्न आउने दर्शकहरुलाई दशरथ रंगशालाको मूलगेट प्रयोग नगरी दिन अनुरोध गरेको छ । त्यसको विकल्पमा ट्राफिक प्रहरीले नेपाल आर्मी अफिसर्स क्लबको मूलगेट प्रयोग गर्न भनेको छ ।

साथै साग हेर्न आउने दर्शकहरुलाई आफ्नो सवारी साधनलाई काठमाडौँ मल अगाडिको टुँडिखेलमा मात्र पार्किङ्ग गरिदिन पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप