शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीय : कोहलपुर काण्डले उठाएको प्रश्न र (अ)सुरक्षित सडक

मङ्गलबार, २४ मङ्सिर २०७६, ०७ : ५४
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं उपत्यकाबाट आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिक पत्रिकाले सडक दुर्घटनाका कारण सयौंका ज्यान गरेको भयावह अवस्था, उपभोक्ताबाट संकलन गरिएको प्रदूषण रकमको सदुपयोग नभएको, हवाई यातायातलगायतका विषयमा सम्पादकीय लेखेका छन् । 

कान्तिपुर दैनिकले बाँकेको कोहलपुरमा आइतबार स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले किचेर सख्त घाइते बनाएको घटनाका र त्यसपछि उत्पन्न परिस्थितिले उठाएका सबालका विषयमा सम्पादकीय लेखेको छ । ‘कोहलपु काण्डका प्रश्न’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ – सडक सुरक्षाको बेहाल बताउने उक्त घटना चालकले गर्ने लापरबाहीको चरम नमुना हो । कानुन र व्यवहार दुवैमा सुधार गरी ‘ब्याक’ गरेरसमेत मार्ने चालकलाई हदैसम्म कारबाही गर्नुपर्छ । 

त्यस्तै नागरिक दैनिकले सडकमा सयौंको ज्यान जाने गरेको विषयलाई सम्पादकीय बनाएको छ ।‘(अ) सुरक्षित सडक’ शीर्षकमा लेखिएको सम्पादकीयअनुसार नेपालमा प्रत्येक दिन सातजनाको मृत्यु सडक दुर्घटनाका कारणले हुने गरेको छ । यस हिसाबले वर्षेनि २५ सयभन्दा बढी मानिसको मृत्यु हुन्छ । यही हिसाबले एक दशकमा २० हजारभन्दा बढी मानिसको मृत्यु हुनलाई स्वाभाविक मान्न सकिँदैन । सडक दुर्घटनाका कारण पहिचान गर्दै यसलाई सुरक्षित तुल्याउन रणनीतिक तयारी गर्नुपर्ने अवस्था आइसकेको छ ।

कारोबार दैनिकले सरकारसँग भएका प्रदूषर्ण नियन्त्रणका योजना कार्यान्वयन गर्न नसकेको र प्रदूषण नियन्त्रणका लागि सरकारले उपभोक्ताबाट हाल प्रतिलिटिर डिजेल र पेट्रोलमा एक रुपैयाँ ५० पैसाका दरले रकम संकलन गरिएको आएपनि प्रयोग नभइ थन्किएको उल्लेख गर्दै ‘प्रदूषण कर सदुपयोग गरियोस्’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘उपभोक्ताबाट उठाइएको प्रदूषण शुल्क आवश्यकताअनुसार खर्च नगरि आम सर्वसाधारणलाई प्रदूषित वातावरणमा बाँच्न बाध्य बनाइनु राज्यले नागरिकप्रति गरेको अपराध हो,’ सम्पादकीयमा भनिएको छ ।

नेपालमा कार्यरत विदेशी कामदारहरुले विप्रषण उत्प्रवाह हुने रकम बढ्दै गएको उल्लेख गर्दै आजको आर्थिक अभियानमा ‘विप्रेषणबारे सही तथ्यांकको अभाव’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा  भनिएको छ –विप्रेषणसम्बन्धी हाम्रा तथ्यांक सही हुन आवश्यक छ । हन त तथ्यांकहरु अनुमानमा नै आधारित हुन्छन्, तर वास्तविकताभन्दा धेरै पर भएका तथांकहरुमा आधारित भएर बनाइएका योजनाहरु सफल हुन सक्दैनन् । 

सर्वोच्च अदालतले सडक विस्तारको सम्बन्धमा गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विषयमा आजको नेपाल समाचारपत्र दैनिकले सम्पादकीय लेखेको छ । ‘जनताको सम्पत्ति’ शीर्षकमा सम्पादकीय भनिएको छ – सरकारले सत्ताको बलमा जनताको जग्गा हडप्ने कार्य लोकतान्त्रिक शासन व्यवस्थाका लागि पटक्कै सुहाउँदैन । सडक विस्तारको सम्बन्धमा देखिएको अहिलेको समस्यालाई सर्वोच्चको फैसलाको सम्मान गर्दै निर्णय लिनु आवश्यक छ ।

साढे तीन दशक विताउँदा पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) अपेक्षाअनुरुप सार्थक नदेखिएको उल्लेख गर्दै ‘सुषुप्त सार्क’ शीर्षकमा अन्नपूर्ण पोस्ट्ले सम्पादकीय लेखेको छ । सम्पादकीयमा उन्नाईसौं शिखर सम्मेलन हुन्छ कि हुन्न भन्ने अन्योलतामा रहेको सार्कलाई गतिशील बनाउन सकेमा यसका सदस्य मुलुकको आर्थिक एवं सामाजिक विकासलाई थप प्रवद्र्धन गर्न सकिने विश्वास व्यक्त गरिएको छ । 

नयाँ पत्रिकाले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेवाग्राहीका लागि माग धान्न नसक्ने गरी साँघुरो भइसकेको उल्लेख गर्दै निजगढको काम अगाडि बढाउन आग्रह गरेको छ । नेपालको बाह्य संसारसँगको सम्बन्धको मुख्य सेतु बनेको हवाई यातायातको मागलाई ह्वात्तै बढाएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ –निजगढको काम अघि बढाऊ । नागरिक उड्डयान प्राधिकरणको पछिल्लो अध्ययन प्रतिवेदनका आधारमा सकेसम्म छिटो निजगढ अन्नर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु गर्नु आवयश्क छ । 

नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भएका कारबाही तथा आयोगको सक्रियताका कारण भ्रष्टाचार नियन्त्रणमा सकारात्मक संकेत देखिन थालेको उल्लेख गर्दै गोरखापत्रले ‘भ्रष्टाचार नियन्त्रणमा सक्रियता’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भ्रष्टाचारलाई राजनीतिक तथा प्रशासनिक क्षेत्रबाट दिइने गरिएको संरक्षणको अन्त्य गर्नुपर्ने खाँचो औंल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप