शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकियो १३ औं साग

मङ्गलबार, २४ मङ्सिर २०७६, २१ : १९
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण भब्यताका साथ मंगलबार सम्पन्न भएको छ । मंसिर १५ गतेबाट औपचारिक रुपमा निकै ब्यबस्थित तरिकाले शुरु भएको प्रतियोगिताको समापन पनि उस्तै उल्लासमय तरिकाले सम्पन्न भयो ।

समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा हर्ष ब्यक्त गरे ।  उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई नेपाल सरकारका तर्फबाट धन्यबाद ब्यक्त गगरे । 

कार्यक्रमका प्रमुख अतिथी उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको १३औं संस्करण ऐतिहासिक रुपमा सम्पन्न गरेकोमा हर्षित भएको बताए ।  ३५ बर्षअघि नेपालबाटै शुरु भएको सागको १३ औं संस्करण ऐतिहासिक साबित भएको चर्चा गर्दै उनले यो सफलताले बिश्वसामु नेपालको शिर अझ उचो भएको बताए । 

युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्माले प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएकोमा खुसी ब्यक्त गर्दै सहभागि राष्ट्र, खेल ब्यबस्थापक, खेलाडीलगायत सबैलाई धन्यबाद दिए । 

स्वागत मन्तब्य ब्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताले खेल क्षेत्रमा अझ उर्जा र उत्साह जागेको बताए । 

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अबस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए । 

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । सो अवसरमा बिभिन्न आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजीलगायतका बिशेष प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै खेल क्षेत्रका लागि बिशेष प्याकेजको घोषणा गर्ने सो अवसरमा जानकारी गराईएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप