अवार्ड नपाउँदा रिसाए शाहिद कपुर, कार्यक्रमलाई बीचैमा छोडेर हिँडे
बलिउड नायक शाहिद कपुरको फिल्म कबीर सिंहलाई दर्शकले निकै रुचाएका छन् । फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको छ । दर्शकले फिल्ममा शाहिद कपुरको अभिनयको अत्यधिक तारिफसमेत गरेका छन् । यसैकारण फिल्म सन् २०१९ को हिट फिल्मको सूचीमा समावेश भयो ।
शाहिद कपुरलाई एक अवार्ड कार्यक्रममा यही कुराले नराम्रो लाग्यो । पिंकभिलाका अनुसार शाहिद कपुर एक अवार्ड कार्यक्रममा समावेश भएका थिए तर कबिर सिंहमा अभिनयका लागि उनलाई कुनै पनि अवार्ड दिइएन । जसका कारण उनी निकै रिसाए र कार्यक्रमलाई बीचमा नै छोडेर हिँडे । यसबाहेक शाहिद कपुरले कार्यक्रममा आफ्नो प्रस्तुती दिन पनि अस्विकार गरे ।
किन रिसाए शाहिद कपुर ?
एक स्रोतका अनुसार शाहिद कपुर कार्यक्रम निर्मातासँग निकै रिसाए किनभने उनले कबिर सिंहबाट अभिनयको भिन्न स्केल सेट गरेका छन् । रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कपुर जुरुक्क उठे र कार्यक्रमबाट हिँडे । त्यहाँ उनले आफ्नो प्रस्तुती दिनु थियो तर उनले यस्तो गरेनन् ।
रिपोर्टलाई मान्ने हो भने शाहिद कपुरलाई कार्यक्रम बीचमा नै छोड्नु पर्दा कार्यक्रम आयोजकलाई पनि झट्का लाग्यो । कामको कुरा गर्ने हो भने शाहिद कपुर फिल्म जर्सीको सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनीसँग बुवा पंकज कपूर पनि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा