शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१७ वर्षसम्म क्यान्सरसँग लडिन्, अन्ततः जीवनको युद्धसँग हारिन् यी गायिका

बुधबार, २५ मङ्सिर २०७६, १० : ०५
बुधबार, २५ मङ्सिर २०७६

८० र ९० को दशककी हलिउडकी चर्चित गायिका मेरी फ्रेडरिक्सनको ६१ वर्षको उमेरमा निधन भएको छ । उनले आफ्नो ब्रेन ट्युमरको उपचारका लागि रेडिएशन उपचार गराइरहेकी थिइन् । थुप्रै पप गीतमार्फत् चर्चा हासिल गरेकी मेरीका लागि पछिल्लो एक दशक निकै चुनौतीपूर्ण रह्यो । रिपोर्टका अनुसार मेरीको परिवारका सदस्यले उनको मृत्युबारे जानकारी दिएका हुन् । उनी पछिल्लो १७ वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।

सन् २००२ मा ब्रेन ट्युमरबारे थाहा भयोः

सन् २००२ मा मेरी बाथरुममा लडेपछि उनी घाइते भएको खबर आएको थियो । त्यतिबेला उनलाई टाउकोमा चोट लागेको र स्वास्थ्योपचारपछि उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको रिपोर्टमा बताइएको थियो । रिपोर्टका अनुसार मेरीलाई बचाउनका लागि २५ प्रतिशत सम्भावना मात्र बाँकी थियो । मेरीले त्यसपछि रेडिएशन ट्रिटमेन्टको सहारा लिएकी थिइन् ।

यद्यपि, सन् २०१६ सम्म उनले आफ्नो प्रस्तुती जारी राखेकी थिइन् तर त्यसपछि उनले रोगका कारण आइन्दा प्रस्तुती दिन नसक्ने घोषणा गरिन् । मेरीको मृत्युपछि संसारभरीका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । उनले ‘फेडिङ लाइक अ फ्लावर, लिसन टु योर हार्ट, स्लिपिङ इन माइ कार’ जस्ता लोकप्रिय गीतमा आफ्नो आवाज दिएकी छिन् । उनलाई ८० को दशककी सबैभन्दा सफल गायिकाको रुपमा हेरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप