शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेल्सी र भ्यालेन्सिया नकआउटमा

बुधबार, २५ मङ्सिर २०७६, १० : २५
बुधबार, २५ मङ्सिर २०७६

एजेन्सी । इङ्लिस क्लब चेल्सी र स्पेनिस क्लब भ्यालेन्सिया युईएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एच’ अन्तर्गत घरेलु मैदानमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २–१ गोलले हरायो । 

अर्को खेलमा भ्यालेन्सियाले डच क्लब आयाक्सलाई उसैको मैदानमा १–० गोलले स्तब्ध बनायो । अघिल्लो सिजन सानदार प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको आयाक्स यसपटक च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

चेल्सीको जितमा टमी अब्राहम र सिजर एजपिलिक्वेटाले गोल गरे । लिलका लागि रेमीले एक गोल फर्काएका थिए । चेल्सीले १९औं मिनेटमा टमीको गोलबाट अग्रता लिएको थियो । ३५ औँ मिनेटमा सिजरले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । लिलेका लागि ७८ औँ मिनेटमा रेमीले गोल फर्काएका थिए । 

यसैगरी भ्यालेन्सियाको जितमा रोड्रिगोले गोल गरे । रोड्रिगोले २४ औँ मिनेटमा गरेको गोल भ्यालेन्सिकाको जितमा निर्णायक बन्यो । जितसँगै समूह विजेता चेल्सी र उपविजेता भ्यालेन्सियाले समान ११ अंक बनाए । भ्यालेन्सियासँगको हार आयाक्सका लागि निकै महंगो बन्यो । १० अंक बनाएको आयाक्स तेस्रो स्थानमा रहँदै बाहिरिएको हो । एक अङ्क बनाएको लिले अन्तिममा रह्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप