बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक वर्षभित्र इजरायल तेस्रो पटक निर्वाचनमा जाँदै

बिहीबार, २६ मङ्सिर २०७६, १५ : ०८
बिहीबार, २६ मङ्सिर २०७६

एजेन्सी । इजरायल एक वर्षभित्र तेस्रो पटक निर्वाचनमा जाने भएको छ ।  सांसदहरुले मार्च २ मा निर्वाचन गराउने प्रस्ताव गरेका छन् ।   मध्यरातसम्म कुनै पनि संसद सदस्यलाई बहुमत पु¥याउने अबसर दिइएको थियो । तर त्यस अघि नै तिनले संसद भंङ गर्ने विधयकलाई सहमती दिए । 

सेप्टेम्बरमा भएको निर्वाचनपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र तिनको मूख्य प्रतिद्वन्दी बेन्नी ग्यान्ट्जले आवश्यक संख्या पु¥याउन असफल भएका थिए ।  दुई नेता शक्ति बाडफाँडको सहमतीमा पनि सहमत हुन सकेका थिएनन् । सेप्टेम्बरको निर्वाचनमा मध्यपन्थी दल ‘ब्लू एण्ड ह्वाइट’ ले १२० सदस्यीय सदनमा ३३ सिट जितेको थियो भने नेतान्याहूको दलले ३२ सिट जित्यो । 

जबकि सरकार बनाउन आवश्यक साधारण बहुमत पु¥याउनको लागि ६१ सिट आवश्यक पर्छ । दुई ठूला दलबीचमा शक्ति बाँढफाँडको छलफल भए पनि को पहिले प्रधानमन्त्री हुने भन्ने विषयमा मतभेद हुदाँ वार्ता असफल भयो ।  उक्त वार्ताको क्रममा नेतान्याहूले उग्र–पुरातनपन्थी पार्टीलाई पनि गठबन्धनमा समावेश गरिनुपर्ने माग गरेको थिए जसमा ग्याट्स सहमत भएनन् । 

पछि ग्याट्जले आपराधिक मुद्दा लागेको व्यक्तिलाई प्रधानमन्त्री नस्वीकार्ने भन्दै पछि हटे ।  अघिल्लो महिना, इजरायलको महान्यायधिवक्ताले नेतान्याहूलाई घुष लिएको, धोकाधडी गरेको र अन्य तीन मुद्दामा विश्वास कायम गर्न नसकेको आरोप लगाएका थिए । 

प्रधानमन्त्रीले भने आफूले कुनै पनि गल्ती नगरेको भन्दै ती आरोपलाई ‘कुको प्रयास’को संज्ञा दिए ।  मंगलबार राती पनि नेतान्याहू र ग्याट्सले आफूहरुले राष्ट्रिय एकता सरकार बनाउने धारणा व्यक्त गरेका थिए ।
तर बुधबार उक्त समयसीमा अन्त्य हुने अवस्थामा लिक्युड र ब्लू एण्ड ह्वाइट पार्टीहरुले संसद विघटन गरेर मार्च २ लाई निर्वाचनको माग गरे । 

अर्को निर्वाचनबाट पनि राजनीतिक गतिरोध कम हुने देखिँदैन । एक मतसर्वेक्षणअनुसार आगामी निर्वाचनमा ब्लू एण्ड ह्वाइटले ३७ सिट जित्ने र लिक्युडले ३३ सिट जित्ने देखिएको छ ।  नेतान्याहूले अब आफ्नै दलबाट पनि नेतृत्वको चुनौती सामना गर्ने भएका छन् । दलले डिसेम्बर २६ मा आन्तरिक नेता चयनको लागि निर्वाचन गर्ने बताएको छ ।  

पूर्वगृहमन्त्री गिडोयन सारले नेतान्याहूलाई पार्टीभित्र चुनौती दिने मनसाय बनाएका छन् । ‘विधामान राजनीतिक गतिरोधबाट पार पाउन देशव्यापी रुपमामा समाधानको आवश्यकता छ ।’ गिडोयनले आफ्नो उमेद्वारीको मनसाय व्यक्त गर्दा भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप