शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएल : लिलामीका लागि ३ सय ३२ खेलाडीको अन्तिम सूची तयार

शुक्रबार, २७ मङ्सिर २०७६, ०८ : २६
शुक्रबार, २७ मङ्सिर २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० का लागि खेलाडीहरुको लिलामी १९ डिसेम्बरमा भारतको कोलकातामा हुँदैछ । लिलामीका लागि ३ सय ३२ खेलाडीहरुको अन्तिम सूची तयार भइसकेको छ । लिलामीका लागि ९ सय ७१ खेलाडीहरुले रजिस्ट्रेसन गरेका थिए ।

दुई करोडको शीर्ष आधारभूत मूल्य (बेस प्राइस) मा अस्ट्रेलियाका चारजना खेलाडीहरु रहेका छन् । यसमा ग्लेन म्याक्सवेल र प्याट कमिन्ससहित दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई राखिएको छ । यस बेस प्राइसमा कुनै पनि भारतीय खेलाडी छैनन् । यो समूहमा जोस हेजलवुड (अस्ट्रेलिया), मिचेल मार्स (अस्ट्रेलिया), एन्जेलो म्याथ्युज (श्रीलङ्का) र डेल स्टेन (दक्षिण अफ्रिका) रहेका छन् ।

रोबिन उथप्पा भारतबाट सर्वाधिक बेस प्राइस भएको खेलाडी छन् । उनलाई १.५ करोड बेस प्राइस भएको सूचीमा समावेश गरिएको छ ।

सर्टलिस्ट गरिएका खेलाडीहरुमा २४ नयाँ खेलाडीहरु छन् । उनीहरुको नाम फ्रेन्चाइजीको तर्फबाट प्रस्तावित गरिएको हो । पछिल्लो सिजन ८.४ करोडमा बिकेका तीव्र गतिका बलर जयदेव उनादकट १ करोड बेस प्राइसमा सामेल छन् ।

लिलामी भारतीय खेलाडीहरुमध्ये सबैको नजर रोबिन उथप्पामाथि हुनेछ । सन् २००७ को टी–२० विश्वकप विजेता टोलीका सदस्य रहेका उथप्पाले कयौँ वर्ष कोलकाता नाइटराइडर्समा बिताएका थिए । यस वर्ष फ्रेन्चाइजीले उनलाई रिलिज गरेको थियो । पछिल्लो सिजन पनि उथप्पा लिलामीको प्रक्रियामा थिए । तर, कोलकाताले राइट टू म्याच कार्ड प्रयोग गरेर उनलाई टीमा सामिल गरेको थियो ।

लिलामीमा पहिले ब्याट्सम्यानको बोली लाग्नेछ । त्यसपछि अलराउन्डर, विकेटकिपर–ब्याट्सम्यान, फास्ट बलर र अन्तिम स्पीनरको लिलामी हुनेछ । त्यसपछि क्याप्ड र अनक्याप्ड खेलाडीहरुको लिलामी गरिनेछ ।

कूल ७३ खेलाडीहरुका लागि स्थान खाली छ । यसमा २९ स्थान विदेशी खेलाडीका लागि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप