बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बिग बसबारे सलमानले भने, ‘यो शरीरको त्यो अंग हो जसलाई काटेर फ्याँक्न चाहन्छु’

शुक्रबार, २७ मङ्सिर २०७६, ०८ : २५
शुक्रबार, २७ मङ्सिर २०७६

बलिउड सुपरस्टार सलमान खान यतिबेला बिग बस १३ का प्रस्तोता हुन् । पछिल्ला केही दिनदेखि सलमानले अब यो कार्यक्रमबाट आफूलाई  अलग्याउने खबर आइरहेका छन् । यो कार्यक्रमलाई पाँच हप्ताका लागि बढाइएको छ तर सलमानको कन्ट्र्याक्ट जनवरीसम्म मात्रै भएको बताइन्छ । यस्तोमा अब सलमान खानले आइन्दा आफू यो रियालिटी शोको कहिले पनि हिस्सा नबन्ने बताएका छन् ।

मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा सलमान खानले भने, ‘हो, यो मेरो शरीरको एउटा अंग हो जसलाई म काटेर फ्याँक्न चाहन्छु र अन्य अंगलाई बचाइराख्न चाहन्छु ।’ स्मरण रहोस्, सलमान खान विगत १० वर्षदेखि यो कार्यक्रम होस्ट गरिरहेका छन् । सन् २०११ मा नै सलमान यो कार्यक्रमसँग जोडिएका छन् । जब सलमानलाई यो कार्यक्रम मनपर्दैन भनेर प्रश्न सोध्दा उनले भने, ‘मलाई यो मनपर्छ । तर यसले केही तनाव दिन्छ तर मैले यसबाट धेरै कुरा सिकेको छु । यो कार्यक्रममार्फत् मैले देश कहाँ जाँदै छ भनेर बुझेको छु । हाम्रो मूल्य, नैतिकता र नियम कहाँ छन् त्यो बुझिरहेको छु । यहाँ आएका सेलिब्रिटीले पनि यस्तै केही गर्छन् । राम्रो कुरा के हो भने जब उनीहरु घरबाट बाहिर निस्किन्छन् तब कुनै पनि हातलमा यस्ता हुँदैनन् । उनीहरुले अभिनय गरिरहेको भन्न खोजेको होइन । यो घरैले उनीहरुलाई यस्तो व्यवहार गर्न बाध्य बनाउँछ ।’

सलमानले आफ्नो स्वास्थ्यमा देखिएको समस्याका कारण कार्यक्रम छोड्न लागेको भारतका विभिन्न संचार माध्यमले बताएका छन् । सलमानलाई यसपटक एउटा एपिसोडका लागि ६.५ करोड भारु दिइएको थियो । अर्थात्, एक हप्ताका लागि सलमान खानलाई लगभग १३ करोड भारु पारिश्रमिकको रुपमा दिइँदै छ । बलिउड हंगामामा छापिएको खबर अनुसार कार्यक्रम लम्बिएपछि सलमान खानको पारिश्रमिक ८ करोड भारु प्रति एपिसोड बताइएको थियो । तर अब सलमानले कार्यक्रमबाट अलग्गिने मन बनाइसकेका छन् ।

सलमान खानसँग नजिक स्रोतका अनुसार उनी प्रतियोगीको व्यवहारका कारण निकै रुष्ट छन् । स्रोतलाई उद्धृत गर्दै न्यूज एजेन्सी भाषाले भनेको छ, ‘यो साँचो हो कि ५३ वर्षीय सलमान खानले बिग बोस छोड्दैछन् र फराह खानले उनको स्थान ओगट्नेछिन् । उनी प्रतियोगीहरुको व्यवहारले निकै रुष्ट छन् । यसको घोषणा उनले कार्यक्रममा पनि गरेका थिए ।’

यद्यपि, सलमानको बिग बसको लागि अन्तिम सुटिङ निश्चित भइसकेको छैन । आशा छ कि फराहले जनवरीदेखि बिस बसको कमान सम्हाल्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप