बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल टेलिकम ‘पोखरा प्रिमियर लिग’ को सह–प्रायोजक, खेलाडीलाई विशेष गिफ्ट प्याकेज

शुक्रबार, २७ मङ्सिर २०७६, १६ : २२
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं– नेपाल टेलिकम पोखरामा भोलि (२०७६ मंसिर २८) देखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । 

आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल  १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ । 

लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । 

त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । 

एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । 

उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने छ । 

                                                                                                                  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप