शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको जेएफएलसँग नेपाल निलोको फराकिलो हार

शुक्रबार, २७ मङ्सिर २०७६, १८ : ४०
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं । नेपाल निलोले जापानको जेएफएल यू–२३ टिमसँग फराकिलो हार खेपेको छ । दशरश रंगशालामा सुक्रबार भएको खेलमा नेपाल जापानसँग ४–० गोलले पराजित भयो । जापानको जितमा मासाहिको सुगिताले ३० औं ४९औं मिनेटमा लगातार दुई गोल गरे ।

सातोशी सुनोमाताले ६३औं र तोसिकी सासाकीले ७४औं मिनेटमा एक एक गोल थपेका थिए । भोला सिलवालको कप्तानीमा उत्रिएको नेपाल निलोको प्रदर्शन फितलो बन्यो । जापानी टोलीले आइतबार नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँग पनि आइतबार मैत्रीपूर्ण फुटबल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप