शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

शुक्रबार, २७ मङ्सिर २०७६, १८ : ४१
शुक्रबार, २७ मङ्सिर २०७६

स्याङ्जा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

पक्राउ परेका पराजुली विप्लव समूहका स्याङ्जा जिल्ला इन्चार्ज भएको उहाँले बताउनुभयो । पक्राउ परेका क्षेत्री भने विप्लव समूहका कार्यकर्ता मात्र भएको खुल्न आएको प्रहरीले जनाएको छ । 

उनीहरुविरुद्ध आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप