शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सलाई सम्मान

मङ्गलबार, ०१ पुस २०७६, १४ : २८
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं । राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । ‘एयरलाइन्स कृटिज एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड नेपाल वायुसेवा निगमलाई प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समिक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टिपिएस ग्रोबरले जानकारी दिए ।

त्यस्तै विमानस्थालमा यात्रुलाई गर्ने व्यवहार, उडानका बेला क्रु मेम्बरले गर्ने व्यवहार, खानाको गुणस्तर, सुरक्षित यात्रा, सिट, तथा मूल्यका आधारमा मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको उनले बताए । त्यस्तै एसोसिएसनले निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई ‘एयरलाइन सिइओ अफ द इयर’ का रुपमा समेत छनोट गरेको जनाएको छ । एसोसिएसनले विगत चार वर्षदेखि एयरलाइन्सहरुको समिक्षा गरी उक्त अवार्ड प्रदान गर्दै आएको छ । यसअघि यो अवार्ड थाइ एयर र फिन एयरले पाइसकेको ग्रोबरले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप