विद्युत महशुल नबुझाउनेको लाइन धमाधम काटिँदै कांग्रेस कार्यालयसमेत अन्धकारमा
बुटवल । नेपाली काँग्रेस गुल्मीको जिल्ला पार्टी कार्यायल विगत एक हप्तादेखि अन्धाकारमा छ । सो पार्टीले विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रलाई विद्युत महशुल नबुझाएपछि एक हप्ता अघि लाइन काटिएको हो ।
सो पार्टी कार्यालयसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा पनि लाइन काटिएको थियो । तर सो पार्टीले लाईन काटिएलगत्तै विद्युत महशुल बुझाएपछि जोडिएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २२ हजार ४ सय १९ रुपैयाँ महसुल बुझाएपछि लाइन जडान गरिएको छ भने नेपाली कांग्रेसले ५४ हजार ३ सय ३६ रुपैयाँ बुझाउनु पर्नेमध्ये केही रकम बुझाए पनि पुरा रकम नबुझाएका कारण लाइन जडान गर्न नसकिएको सो कार्यालयका आय प्रमुख विकास पन्थीले जानकारी दिए ।
पार्टी कार्यालयमात्र होइन सरकारी कार्यालयका पनि १५÷१६ स्थानमा लाइन काटिएको पन्थीले बताए । गाउँपालिकामध्ये मदाने गाउँपालिकाका अन्तर्गतका विभिन्न कार्यालयहरुको पनि काटिएको तर उनीहरुले पैसा बुझाएपछि जडान गरिएको पन्थीको भनाइ छ ।
पछिल्लो चरण विद्युत चुहावट गर्ने र विद्युत महशुल नतिर्ने जो कोहीविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए । उनका अनुसार पछिल्लो चरण ७१ वटा ग्राहकको लाईन काटिएको छ । उनीहरु बाट २५ प्रतिशत जरिवाना बाहेक २२ लाख ७ हजार ९ सय ९० रुपैया विद्युत महशुल अशुल गरिने छ ।
क्षेत्र नम्वर २ तर्फ करिव ६० वटा स्थानमा पनि लाइन काट्न टोली तत्काल खटाउन लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कलाई ५६ अर्ब डलरको तलब दिने प्रस्ताव दोस्रो पटक अस्वीकृत
-
तमिलनाडुमा चक्रवातका कारण पहिरो, पाँच जनाको शव भेटियो
-
कमजोर लेखा समितिलाई टेर्दैन अख्तियार
-
युद्ध विराम खतरामा, इजरायल र हिजबुल्लाहले गरे एक अर्कालाई आक्रमण
-
पटक पटक हारेर पनि नहराएका तिवारी, तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला
-
‘सबै आरोपको पछि कुदेर कहाँ सकिन्छ र !’