तस्विरमा हेर्नुहोस् त्रिविको ४५ औं दीक्षान्त समारोह
बिहीबार, ०३ पुस २०७६, १५ : ४७

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औं दीक्षान्त समारोहमा आज आयोजना गरिएको छ । समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक दीक्षान्तमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८४ विद्यार्थीले मात्र फारम भरेका छन् ।
गत वर्ष पनि ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक–पुरस्कार समेत प्रदान गरिएको छ ।
त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त ३–४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा बालिकाको शव बरामद, शंकास्पद मृत्यु भएको आशङ्का
-
माओवादी केन्द्रले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ : अध्यक्ष प्रचण्ड
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
नेसपा गङ्गानारायण समूहले जेठ १२ गते माओवादीसँग एकता गर्ने
-
उन्नाइस विपन्न परिवारलाई घर छाउन जस्तापाता सहयोग
-
स्किब्स कप बास्केटबलमा ७५ टोली