केन्द्रीय संस्करण

‘मार्क्स फर्किए’ नाटकमा नेपाल सन्दर्भ

person explore access_timeपुस ३, २०७६ chat_bubble_outline0

 

डा. अच्युतशाली घिमिरे

कार्ल मार्क्स जन्म द्वि–शतवार्षिकी समारोह समिति नेपाल र नेपाल अध्ययन केन्द्रको आयोजनामा पुस १ देखि ३ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटक ‘मार्क्स फर्किए’ मञ्चन भइरहेको छ ।  प्रवीण खतिवडाको निर्देशन रहेको उक्त नाटकमा मार्क्सको भूमिकामा रङ्गकर्मी सुनिल पोखरेल छन्  ।

कार्ल मार्क्स जन्मिएको पनि २०० वर्ष भइसकेको छ  ।  कम्युनिस्ट घोषणापत्र जारी भएको पनि १७० वर्ष पुगेको छ  ।  मार्क्सवादको जन्म कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको निरन्तरको लगाव र परिश्रमबाट मात्र  सम्भव भएको हो  ।  यी दुई बीचको मित्रतालाई पनि न्याय दिने हिसाबले यस नाटकको प्रतिपादन भएको छ  ।  सामाजिक अन्तर्विरोध र वर्ग सङ्घर्षका बीच अति आवश्यक सिद्धांतका रुपमा जसरी मार्क्सवादी सिद्धांतको जन्म भयो, यसले कम्युनिस्ट आन्दोलनको नेतृत्व र क्षमतालाई थप परिष्कृत बनाएको छ ।

मार्क्सवादको जन्मथलो जर्मनी थियो र जर्मनीमा सामन्ती सामाजिक व्यवस्थाको राज थियो । र पछि सन् १७८९ मा भएको फ्रान्सेली क्रान्ति पनि सामन्तवाद विरुद्धको ठुलो युरोपेली पुँजीवादी क्रान्ति बन्न पुग्यो । यसरी हरेक सामन्त विरुद्ध रचिएका सङ्घर्षका कथा र पुँजीपति वर्गले प्रयोग गरेका स्वार्थका कथा पनि नाटकमा समावेश गरिएका छन् ।  


आरोहण गुरुकुलले यस नाटकमा मार्क्सका जीवनयापनका व्यथाहरुलाई टपक्क टिपेर उनेका छ ।  नाटकको सुरुवाती चरणमा निर्देशक खतिवडाले मार्क्सलाई आफ्नो रंगमञ्चमा अचानक देखेपछि आश्चर्य मान्दै सोध्छन्, ‘तपाई मार्क्स, मरिसक्नुभएको होइन र ?’ त्यसपछि मार्क्स भन्छन्, ‘हो, तर म मरे पनि जिउँदै छु ।  यतिबेला मेरो नाममा लगाइएको दाग मेटाउन आएको हुँ ।  तपाईहरूका लागि यो द्वन्द्ववाद हो । ’


आरोहण गुरुकुलले यस नाटकमा मार्क्सका जीवनयापनका व्यथाहरुलाई टपक्क टिपेर उनेका छ ।  नाटकको सुरुवाती चरणमा निर्देशक खतिवडाले मार्क्सलाई आफ्नो रंगमञ्चमा अचानक देखेपछि आश्चर्य मान्दै सोध्छन्, ‘तपाई मार्क्स, मरिसक्नुभएको होइन र ?’ त्यसपछि मार्क्स भन्छन्, ‘हो, तर म मरे पनि जिउँदै छु ।  यतिबेला मेरो नाममा लगाइएको दाग मेटाउन आएको हुँ ।  तपाईहरूका लागि यो द्वन्द्ववाद हो । ’

सवा घन्टा सम्म चल्ने यस नाटक अमेरिकी इतिहासकार हवार्ड जीनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’को नेपाली संस्करण हो ।

पोखरेल र खतिवडासहित निशा शर्मा, कमलमणि नेपाल, सरस्वती चौधरी, रामभजन कामतलगायतको अभिनय रहेको यस नाटकमा मार्क्सका कठिनाई पूर्ण जीवनका भोगाईहरु जस्तै जुत्ता बन्धकीमा राखेको देखि लिएर खाली खुट्टा हिडेका दृश्यहरु समेत देखाइएको छ जुन निकै नै कारुणिक छन् । जेनी जो मार्क्सकी प्रेमिका,पत्नी मात्र नभएर बौद्धिक एवं क्रान्तिकारी व्यक्तित्वका रुपमा समेत नाटकमा देखा परेकी छिन् । त्यस्तै छोरी इलोनरको पनि तार्किक क्षमता नाटकमा प्रशंसायोग्य पाईन्छ ।  र मार्क्सले एक संवादका क्रममा नाटकमा भनेका छन् ूमेरो विचारमा कुनै व्यक्तिले सबैभन्दा क्रान्तिकारी काम गर्नु भनेको नै सत्य बोल्नु हो । ू यो संवाद निकै मर्मस्पर्सी छ ।

१३६ वर्ष अघि मृत्युवरण गरिसकेका मार्क्सवादका प्रवर्तक मार्क्स किन नेपाल आउन आवश्यक थियो भन्ने प्रश्नको जवाफ दिदै कमरेड राम कार्कीले नाटक मञ्चन हुनभन्दा अघिको मन्तव्यमा भन्छन्, ‘सायद पथप्रदर्शकहरु सरकारमा छन् भनेर हो कि वा मार्क्सवादको बुझाई नै गलत भएर हो । ’ यो सायद सरकारमा बस्ने र बुझेर पनि नबुझे जस्तो गर्नेहरुलाई व्यंग्य थियो ।


१३६ वर्ष अघि मृत्युवरण गरिसकेका मार्क्सवादका प्रवर्तक मार्क्स किन नेपाल आउन आवश्यक थियो भन्ने प्रश्नको जवाफ दिदै कमरेड राम कार्कीले नाटक मञ्चन हुनभन्दा अघिको मन्तव्यमा भन्छन्, ‘सायद पथप्रदर्शकहरु सरकारमा छन् भनेर हो कि वा मार्क्सवादको बुझाई नै गलत भएर हो । ’ यो सायद सरकारमा बस्ने र बुझेर पनि नबुझे जस्तो गर्नेहरुलाई व्यंग्य थियो ।


पुँजीपति र सर्वहारा वर्ग,शोषक र शोषित वर्ग,सामन्त जमिनदार र भूमिहीन किसान वर्ग बीचको सङ्घर्ष नाटकको मुख्य आकर्षण हो । पुँजीवादकै कारण कलाकार, कवि, डाक्टर, वकिलले पनि आफूले आफूलाई बेचेको कुरा नाटकमा भनिएको छ । विश्वको सम्पत्ति केही सीमित व्यक्तिको हातमा छ र यो नै आजको मुख्य चुनौती हो । यो पुँजीवादी विश्वले मार्क्सको आवश्यकता नठाने पनि सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्न मार्क्स पटक पटक विश्वमा फर्किनुपर्ने आवश्यकता नाटकले औँल्याएको छ ।

नेपालका सन्दर्भमा माफियाको चङ्गुलमा फसिरहेको कम्युनिस्ट सरकार भएको नाताले नेपालमा मार्क्स फर्किनु अति शोभनीय छ । जब सरकार मेडिकल कलेजले विद्यार्थीसँग लिएको अवैध शुल्क उठाउन सक्दैन, जब सरकार महँगा अस्पतालहरुलाई बिरामी लुट्नबाट जोगाउन सक्दैन, जब सरकार भ्रष्टाचारको दलदलमा फस्छ, अनि एक ऐतिहासिक आवश्यकता रहन्छ पर्छ, मार्क्स फर्किरहनुपर्छ । जब पुँजीले मानिसमाथि शासन गर्न थाल्छ र चरम व्यक्तिवाद फस्टाउँछ, अनि कसरी मार्क्सले कल्पना गरेको आदर्श समाज जन्मिन्छ ? एक दिन जो अर्काका लागि काम गर्न विवश शोषित वर्ग छन्, उनीहरु एकजुट हुनेछन् र अरूलाई काममा जोताएर लाभ उठाउने शोषकहरु घुँडा टेक्न बाध्य हुनेछन् । यो नाटकको समग्रमा सन्देश यही नै छ ।

संवाद प्रधान रहेको नाटक दृश्य खोज्नेहरुका लागि पट्यारलाग्दो हुन सक्छ तर केही हास्यास्पद संवाद र ओजपूर्ण वाणीहरुले नाटकलाई फलदायी बनाउँछ । जो दर्शकहरु मार्क्सवादलाई केन्द्रमा राखेर खुलेर बहस गर्न चहान्छन्, उनीहरुका लागि यो विषय केन्द्रित नाटक वरदान सावित भएको छ ।

संयोग के रह्यो भन्दा, हुँदा खाने वर्गसँग प्रत्यक्ष सरोकार राख्ने कृषि मन्त्रालयका मन्त्री, यस आयोजक समितिका संयोजक तथा सच्चा कम्युनिस्ट नेताको छवि बनाएर सबैको मन जित्न सकेका कमरेड घनश्याम भुसाल सँगसँगै बसेर एउटै मञ्चको नाटक हेर्न पाइयो ।  उहाँको तार्किक र वजनदार वाणीहरु सुनेर हुर्किंदै आएको हुँ म ।  भ्रष्ट नेताप्रति उहाँको आलोचनात्मक दृष्टिकोण र दिगो विकासका लागि उहाँका सक्षम कार्यदिशालाई नमुना मानेर मार्क्सवादमा लाग्ने युवाहरुको लर्को लामै छ ।  आशावादी छु, मलगायत सम्पूर्ण नेता, मन्त्री एवं जनतामा यो नाटकले वैज्ञानिक समाजवादतर्फ उन्मुख हुन प्रेरणा दिने नै छ  ।

शिक्षण अस्पताल

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.