बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमार पुनः बने सबैभन्दा धनी बलिउड सेलिब्रिटीः यस वर्ष कति कमाए ?

शुक्रबार, ०४ पुस २०७६, ०८ : २०
शुक्रबार, ०४ पुस २०७६

फार्ब्सले सन् २०१९ को सेलिब्रिटी १०० को सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अक्षय कुमारले दोस्रो स्थान हासिल गरेका छन् । अक्षयका लागि सन् २०१९ निकै शानदार रह्यो । उनको तीनवटा फिल्म केसरी, मिशन मंगल र हाउसफूल ४ रिलिज भइसकेको छ भने गुड न्यूज रिलिजको संघारमा छ । केसरीले १३५ करोड, मिशन मंगलले २००.१६ करोड र हाउसफुल ४ ले २०६ करोड जम्मा गरेको थियो ।

फोर्ब्सले जारी गरेको सूची अनुसार अक्षयको कूल कमाई २९३.२५ करोड भारु रहेको छ जुन गत वर्षको तुलनामा ५८.५१ प्रतिशत बढी हो ।

सलमान खानको फिल्म दबंग थ्री २० डिसेम्बर अर्थात् आजबाट रिलिज हुँदैछ । यसअघि भारत रिलिज भएको थियो जसले २ सय करोड बढी कलेक्सन गरेको थियो । सलमान यो सूचीको तेस्रो स्थानमा छिन् । सलमाको कूल कमाई २२९.२५ करोड रह्यो ।

यस्तै शीर्ष स्थानमा विराट कोहली रहेका छन् । उनले सन् २०१९ मा २५२.७२ करोडको कमाई गरेका छन् । गत वर्ष सलमान फोर्ब्सको १०० सेलिब्रिटीको शीर्ष स्थानमा थिए ।

द २०१९ फोर्ब्स इन्डिया सेलिब्रिटी १०० लिस्ट सेलिब्रिटीको सफलता र विभिन्न स्रोतबाट हुने आयको आधारमा तयार गरिएको छ । यो आय १ अक्टोबर २०१८ देखि ३० सेप्टेम्बर २०१९ को बीचको हो ।

यस्तै शाहरुख खान पनि १२४.३८ करोड कमाईसँगै शीर्ष १० मा पर्न सफल भएका छन् । यसवर्ष शाहरुखको कुनै फिल्म त रिलिज भएनन् तर प्रोडक्सन र विज्ञापनमार्फत् उनको कमाई यथावत् रह्यो । आलिया भट्ट आठौं स्थानमा छिन् भने दीपिका पादुकोण १० औं स्थानमा छिन् । पहिलो पटक दुई नायिका शीर्ष १० मा परेको यो पहिलो घटना हो । दीपिका पादुकोणको फिल्म छपाक जनवरीमा रिलिज हुँदैछ भने आलिया भट्ट ब्रह्मास्त्रमा देखिनेछिन् ।

यस्तै १३ औं स्थानमा रजनीकान्त छन् भने प्रियंका चोपडा यो सूचीको १४ औं स्थानमा छन् । गत वर्ष प्रियंका ४९ औं स्थानमा थिइन् । अनुष्का शर्मा यो सूचीको २१ औं स्थानमा छिन् । बलिउडमा दुईवटा फिल्ममा अभिनय गरिसकेकी सारा अली खान ६६ औं स्थानमा छिन् भने दिशा पाटनी र कृति सनोनले यो सूचीमा पहिलो पटक प्रवेश पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप