शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यूनियन लाईफ इन्स्योरेन्स एजीएमः ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने

शुक्रबार, ०४ पुस २०७६, १८ : ४४
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा आज पौष ४ गते सम्पन्न भएको छ ।

कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४/०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन मान बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

यसै गरी आ.ब. २०७५/०७६ का लागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।

साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ । आइपिओ निष्काशनका लागि यस अघि २०७४/०७/१५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरिसकेको छ । 

कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष शुलभ अग्रवालले मन्तव्य राख्दै नया“ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसायोग्य रहेको र आगामी दिन प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताए ।

यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बिमा क्षेत्रमा यूनियन लाइफले गौरबमय उपस्थिती बनाउन सफल भएको जनाउंदै कम्पनीलाई बिमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराए ।

कम्पनीले देशको संघिय ढा“चा अनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पह“ुच कायम गर्न सफल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप