मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानले कपिल र सुनिललाई एकैसाथ ल्याए

आइतबार, ०६ पुस २०७६, १३ : ०७
आइतबार, ०६ पुस २०७६

सलमान खानका भाइ एवं नायक सोहेल खानले हालै आफ्नो जन्मदिन मनाएका छन् । नायकले मुम्बईमा रहेको आफ्नो घरमा जन्मदिनको पार्टी राखे । उक्त पार्टीमा उनका परिवारका सदस्यका साथै फिल्म इन्डष्ट्रिका केही हस्तीको पनि उपस्थित भयो । नेहा धुपिया, अंगद बेदी, हिमेश रशेमिया, रितेश देशमुख, जेनेलिया डिसूजा, सनी लियोनी, डेनियल बेवर, कपिल शर्मा, सुनिल ग्रोवरसहित केही विशेष व्यक्ति सोहेल खानको जन्मदिनको पार्टीमा उपस्थिती रह्यो ।

सोहेल खानको जन्मदिनको पार्टीमा समावेश हुन पुगेका हास्यकलाकार कपिल शर्माले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेका छन् । यो तस्बिरमा उनी सलमान खान र सुनिल ग्रोवरसँग देखिएका छन् ।

सलमान खान यतिबेला आफ्नो फिल्म दबंग थ्रीकी को–स्टार सोनाक्षी सिन्हा र सई मांजरेकरसँग फिल्मको सफलता मनाइरहेका छन् । सुनिल ग्रोवर हालै सलमान खानको रियालिटी शोमा पुगेका थिए । यस्तै, कपिल शर्मा आफ्नो च्याट शोको सुटिङमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप