शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

आइतबार, ०६ पुस २०७६, २१ : २७
आइतबार, ०६ पुस २०७६

काठमाडौँ  । नेपाल प्रहरीले ६ किलोग्राम अवैध लागुऔषध कोकिनसहित चार विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले अवैध रुपमा लागुऔषध लिएर हिँडेको अवस्थामा बेलारुसी नागरिक पाभेल भेसिलयु, एलिना एल्डोसाइना, बोलिभियन नागरिक रोवर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेजलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले पाभेल र एलिनालाई काठमाडौँबाट हङकङ जान लागेको अवस्थामा त्रिभुवन विमानस्थल र मेरिइस र ओर्डोनेजलाई लाजिम्पाटको लस्ट गार्डेन होटलबाट पक्राउ गरिएको जानकारी दिए ।

“विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको बयानका आधारमा मेरिइस र ओर्डोनेजलाई पक्राउ गरेका हौँ,” उनले भने ।  विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ । 

प्रहरीले पक्राउ परेकासँग ६ किलो कोकिनसमेत बरामद गरेको छ । बरामद भएको कोकिनको मूल्य करोडौँ पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप