शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कण्डम उपहार’ दिनेदेखि दर्शकलाई ‘कुकुर’ भन्नेसम्मः जब बलिउड सेलिब्रिटीका बयानले विवाद निम्त्यायो

सोमबार, ०७ पुस २०७६, १० : ४०
सोमबार, ०७ पुस २०७६

बलिउड सेलिब्रिटी यदि कुनै विषयमा कुरा गर्न चाहँदैनन् भने त्यसमा ‘नो कमेन्ट’ भनिदिन्छन् । तर कतिपय स्थितीमा उनीहरु यस्तो कुरा गर्छन् जुन विवादको कारण बन्ने गर्छ । आज यस्तै केही बयानबारे कुरा गर्दैछौं जुन बिटाउनमा निकै चर्चित रहे ।

‘म पोर्न स्टार बन्न चाहन्छु’

शाहरुख खानले एक अन्तर्वार्ताको क्रममा आफू पोर्न स्टार बन्न चाहेको बताएका थिए । उनले भनेका थिए, ‘म सधैं पोर्न स्टार बन्न चाहन्थेँ । म निकै मिहिनेत गरेर सकारात्मक तरिकाले पोर्न स्टार बन्नका लागि काम गर्नेछु । म अमेरिकाको सबैभन्दा ठूलो पोर्न स्टारको झण्डा गाड्नेछु ।’

उनको यो बयान आफैंमाथि गरिएको ठट्टा थियो तर यो अत्यधिक चर्चित भएको थियो ।

‘शाहरुखले मेरो खुट्टा चाटिरहेका छन्’

आमिर खान र शाहरुख खानबीचको सम्बन्ध त्यतिबेला चिसियो जब आमिरले सोसल मिडियामा एउटा यस्तो बयान पोष्ट गरेका थिए –

‘शाहरुख मेरो खुट्टा चाटिरहेका छन् । म उनलाई बिस्किट खुवाइरहेको छु । योभन्दा बढी मलाई के नै चाहियो र ? यसअघि तपाईंहरुमध्ये कसैले कमेन्ट गर्नुअघि यो भन्न चाहन्छु कि शाहरुख मेरो कुकुरको नाम हो ।’

आमिरको यो ठट्टा न त बलिउड प्रेमीलाई न नै शाहरुख खानलाई मनपर्‍यो । शाहरुख खानले यसमा प्रतिक्रिया दिँदै आफ्नो रोष व्यक्त गर्दै भने, ‘आमिरले आफ्ना दुई प्रशंसक गुमाएका छन् । मेरा सन्तानलाई उनको अभिनय निकै मन पर्दथ्यो ।’

‘अरे कुकुर पनि फिल्म हेर्न गएनन्’:

सलमान खान रितिक रोशन र ऐश्वर्या राय बच्चनको फिल्म ‘गुजारिश’ का लागि विवादित बयान दिएका कारण चर्चामा आएका थिए । उनले उक्त फिल्मबारे भनेका थिए, ‘अरे, कुकुर पनि फिल्म हेर्न गएनन् ।’

निर्देशकले चाहेको खण्डमा गाई र भैंसीसँग पनि काम गर्नेछुः

शाहिद कपुर र करिना कपुर कुनैबेला प्रेम सम्बन्धमा थिए तर ब्रेकअपपछि यी दुईबीच पानी बाराबारको स्थिती आएको थियो । एक अन्तर्वार्तामा जब शाहिदसँग कुनै बेला करिनासँग पनि काम गर्नुहुन्छ त ? भनेर सोधियो तब नायकले भनेका थिए, ‘निर्देशकले यदि मलाई गाई र भैंसीसँग काम गर्न भन्छन् भने अभिनेता भएको नाताले म त्यो पनि गर्नेछु ।’

रणबीर कपुरलाई कण्डमको प्याकेट उपहारमा दिनेछुः

कफी विद करणको एक सिजनमा जब दीपिका पाहुना बनेर गइन् तब उनलाई आफ्ना पूर्वप्रेमी रणबीरलाई कुनै उपहार दिन चाहे, के दिनुहुन्छ भन्ने प्रश्न सोथियो । यसको जवाफमा उनले भनेकी थिइन्, ‘म रणबीरलाई कन्डमको प्याकेट दिनेछु किनभने उनले यसको धेरै प्रयोग गर्छन् ।’

म तपाईंलाई मुभी माफियाको भूमिका दिनेछुः

कफी विद करणको कार्यक्रममा कंगना रनौत पाहुना बनेर जाँदा उनले कार्यक्रमका प्रस्तोता करण जोहरमाथि नै नाताबादलाई समर्थन गरेको भन्दै कटाक्ष गरिन् । यससँगै उनले करणमा विभिन्न आरोप लगाउँदै भनिन्, ‘यदि कहिले ममाथि बायोपिक फिल्म बन्यो भने म तपाईंलाई रुढिवादी बलिउडको दिग्गजको रुपमा देखाउनेछु जो निकै घमण्डी छन् र बाहिरबाट इन्डष्ट्रिमा आएका मानिसहरुलाई फिटिक्कै रुचाउँदैनन् । उनी सधैं नातावादको झण्डालाई बलियो बनाउँछन् र एक मुभी माफियाको रुपमा छन् ।’

प्रियंकाले कसरी उत्कृष्ट नायिकाको अवार्ड पाइन्, थाहा छैनः

आशुतोष गोवारिकरलाई एक साधारण व्यक्तिको रुपमा चिनिन्छ तर केही वर्ष अघि एक अवार्ड कार्यक्रममा ‘जोधा अकबर’ का लागि उनले उत्कृष्ट निर्देशकको अवार्ड थाप्दा दिएको भाषणले सबैलाई चकित पारिदियो । वास्तवमा, एक कार्यक्रममा प्रियंका चोपडालाई उत्कृष्ट नायिकाको रुपमा चुनिएको थियो जुन गोवारिकरलाई मन परेन । उनले स्टेजमा माइक समातेर भने, ‘सरी प्रियंका, तर उत्कृष्ट नायिकामा ऐश्वर्याको नाम पनि नोमिनेट हुँदा तपाईंले कसरी अवार्ड पाउनुभयो मैले बुझ्न सकिनँ ।’

कट्रिना कैपलाई ‘लाज पचेकी’ भन्नुः

सोनम कपुरले अहिलेसम्मको आफ्नो करियरमा थुप्रै विवादास्पद बयान दिइसकेकी छिन् । कहिले ऐश्वर्या रायलाई आन्टी भनेर होस् त कहिले रणबीर कपुरलाई ‘ममाज बोय’ भनेर होस्, उनले थुप्रै पटक धेरैलाई चकित पारिदिएकी छिन् । यहाँसम्म कि उनले कट्रिनालाई ‘लाज पचेकी’ सम्म पनि भनेकी थिइन् । खानहरुको र ठूला फिल्मको अफरले कट्रिनाको झोली भरिएको थियो, यसबारे कुरा गर्दै सोनमले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म कट्रिनालाई फूलको गुच्छा पठाउन चाहन्छु किनभने केही कुरा गर्नका लागि एक भिन्न स्तरको प्रतिबद्धता र लाज पच्नु पर्छ । यी सब कुरा आफूमाथि अत्यधिक विश्वास, स्टारडम वा आफूमाथिको क्षमतामा धेरै विश्वास गर्दा पाइन्छ । यस्तो प्रकारको फिल्म गर्नका लागि मैले पनि यी कुरा सिक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप