बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिदेखि बुटवलमा औद्यौगिक व्यापार मेला

मङ्गलबार, ०८ पुस २०७६, १७ : ५२
मङ्गलबार, ०८ पुस २०७६

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुधबारदेखि २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ हुँदैछ । सोको पूर्व सन्ध्यामा मंगलबार जनचेतनामूलक मोटरसाईलक -याली प्रदर्शन गरिएको छ ।

-यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको बताए  । 

उनले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको मेलाले यस क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान गराउने भएकाले मेलाको गरिमा कायम राख्नेगरी सञ्चालन गर्न समेत आग्रह गरे ।

त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले मेलामा भएको तयारीको बारेमा जानकारी गराउँदै नयाँ मेला सञ्चालन गर्न लागिएको ठाउँपनि भएको छोटो सयमका बीच पनि तयारीका काम पुरा गरिएको बताए ।

मेलाको तयारीको काम सबै सकिएको र बिहान ११ बजे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप