बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बसबाट लडेर २६ वर्षीय महिलाको मृत्यु

मङ्गलबार, ०८ पुस २०७६, १८ : ०८
मङ्गलबार, ०८ पुस २०७६

पोखरा । बसबाट ओर्लिने क्रममा लडेर १ जनाको ज्यान गएको छ । पोखरा १७ बिरौटा राम मन्दिर नजिकै स्कुल बसबाट ओर्लिने क्रममा लड्दा ज्यान गएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा पर्वत खौला लाकुरी घर भई हाल पोखरा १७ विरौटा बस्दै आएकी २६ वर्षीय सरिता पौडेल रहेको प्रहरीले जनाएको छ ।  बालोदय स्कुलको ग १ क २४९९ नम्बरको बसबाट ओर्लिने क्रममा उनको ज्यान गएको प्रहरीले उल्लेख गरेको छ । 

बसबाट ओर्लिदा लडेर घाइते भएकी सरितालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । सरितालाई अस्पताल पु¥याएको केही छिनमा ज्यान गएको थियो । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप