बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय कुमारको गुड न्यूजले बक्स अफिसमा धमाकाः दुई दिनमा कमायो यत्ति

आइतबार, १३ पुस २०७६, १३ : १८
आइतबार, १३ पुस २०७६

अक्षय कुमार, करिना कपुर खान, दिलजीत दोसांझ र कियारा आडवाणीको कमेडीले भरपुर फिल्म ‘गुड न्यूज’ रिलिज हुँदै बक्स अफिसमा धमाका मच्चाएको छ । फिल्मले पहिलो दिन बम्पर ओपनिङ गरेको थियो भने दोस्रो दिन अर्थात् शनिबार गुड न्यूजले जबर्जस्ती कलेक्सन गरेको छ । अक्षय कुमारको फिल्मले कमाईको मामलामा सलमान खानको ‘दबंग थ्री’ लाई कडा टक्कर दिनुका साथै पछि पारेको छ ।

बक्स अफिस इन्डिया डट कम वेबसाइटका अनुसार अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिन २१ देखि २२ करोड भारुको दमदार कमाई गर्यो ।

फिल्मले दुई दिनमा नै ४० करोड भारुको आँकडा पार गरेको छ । फिल्मको कमाई हेर्दा यसले चाँडै नै सय करोड भारुको आँकडा पनि पार गर्ने अनुमान धेरैले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप