बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता सम्बन्धी प्रावधानमा भेदभाव देखियोः अनुपराज शर्मा

आइतबार, १३ पुस २०७६, १४ : ००
आइतबार, १३ पुस २०७६

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धी प्रावधानमा भेदभाव रहेको बताएका छन् । 

‘राज्यविहीनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । 

 ‘संविधानमै नागरिकता सम्बन्धि प्रावधानहरु विवादित छन्’ उनले भने, ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ । तर बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन् । वंशजको आधार पुरुषबाट सुरु हुन्छ ।’ शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताए । 

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरु कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ । 
राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप