शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंबाट समातिए विप्लवका २ दर्जन नेता-कार्यकर्ता (फोटोफिचर)

आइतबार, १३ पुस २०७६, १६ : ००
आइतबार, १३ पुस २०७६

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनवर्गीय संगठनका कार्यकर्तालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । सरकार विरोधी प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले विद्यार्थीहरुको समूहमा धरपकड गरी नियन्त्रणमा लिएको हो ।

सरकारले प्रतिवन्ध लगाएको नेकपाका जनवर्गीय संगठनले संयुक्त विरोध कार्यक्रम आयोजना गर्न लागेका थिए । सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित २० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

प्रदर्शनी मार्गमा भेला भएर विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले अमेरिकी सरकारसँगको एमसीसी सहयोग कार्यक्रम, कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारेको तथा अरु विभिन्न मुद्दामा सरकारको विरोध गर्दै प्रदर्शनको तयारी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप