बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शाहरुख खानका प्रशंसकको चेतावनीः नयाँ फिल्म घोषणा नगरे आत्महत्या गर्नेछु

मङ्गलबार, १५ पुस २०७६, १० : २६
मङ्गलबार, १५ पुस २०७६

बलिउडका किंग खान भनेर चिनिने शाहरुख खान आजकाल फिल्मबाट टाढा छन् तर उनका प्रशंसकबीच उनको चर्चा कहिले कम हुँदैन । उनका प्रशंसक अब उनको नयाँ फिल्म हेर्न आतुर छन् । स्मरण रहोस्, शाहरुख खानको सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिज भएपछि नयाँ फिल्ममा उनले काम गरेका छैनन् । भारतीय मिडियाले शाहरुख खानको नयाँ फिल्मबारे विभिन्न अडकलबाजी त गर्छन् तर ती सबै निराधार भएको शाहरुख आफैंले पुष्टि गरेका छन् ।

ट्वीटरमा उनका एक प्रशंसकले शाहरुख खानले नयाँ फिल्मबारे घोषणा नगर्दा आत्महत्या गर्ने धम्कीसमेत दिएका छन् । उनले लेखेका छन्, ‘यदि तपाईंले आफ्नो अर्को फिल्मको घोषणा सन् २०२० सम्म नगरे म आत्महत्या गर्नेछु, दोहोराउँछु कि – म आत्महत्या गर्नेछु ।’

यस्तै अर्का एक प्रशंसकले लेखे, ‘म पनि प्रतिक्षा गरिरहेको छु । अब कहिलेसम्म प्रतिक्षा गर्ने सर ? यदि तपाईंले अर्को फिल्मको घोषणा गर्नुभएन भने म ट्वीटर छोड्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप