शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको आगलागी तटीय क्षेत्रतर्फ फैलिएपछि हजारौँ मानिस समुन्द्रतर्फ भाग्न थाले

मङ्गलबार, १५ पुस २०७६, १४ : १७
मङ्गलबार, १५ पुस २०७६

एजेन्सी । अष्ट्रेलियाका जारी आगलागी अनियन्त्रित बन्दै गएपछि मानिसहरुले समुन्द्री किनारमा अस्थायी बासस्थान बनाउन थालेका छन् । 

आगलागीबाट सबैभन्दा प्रभावित मालाकुटाका बासिन्दाहरु मंगलबार समुन्द्री किनारतिर लागेका थिए । 

मानिसहरु आगलागीका कारण राताम्य आकासबाट आतङ्कित भइरहेका छन् । डरका कारण मालाकूटाका मानिसहरु समुन्द्री किनारमा क्याम्प लगाउन थालेका छन् । केही डुंगा जोहो गरिरहेका छन् । 
अष्ट्रेलिया महादेशमा ठूल–ठूला झाडीमा प्रत्येक वर्षजसो आगजनी हुने गरेकोमा यो वर्ष आगलागीले विकराल रुप लिएको छ । 

सिड्नी र मेलबर्नबीचका कैयौँ बिदा मनाउने क्षेत्रहरु आगलागीका कारण बाँकी भूभागबाट कटेका छन् । न्यूसाउथ वेल्सको ब्याटेम्यान्सदेखि भिक्टोरियाको बर्नडेलबीबीच ५०० किमीको विस्तारमा आगो लागेको छ । 

भिक्टोरिया राज्यका प्रमुख ड्यानियल एन्ड्रयुले आगलागी कारण बाँकी हिस्साबाट कटेका बासिन्दाहरुका लागि नौसेनाले खाना, पानी तथा उर्जा पु¥याउने बताएका छन् । 

‘बाँकी क्षेत्रबाट कटेका समुदायसम्म समुन्द्रबाट पुग्न सकिन्छ, हामीले त्यो मार्गलाई पनि उपयोग गर्नेछौं ,’ ड्यानीयले भने । 

अधिकारीले आगलागी भएका क्षेत्रका मानिसहरु अझ विशेष पर्यटकलाई सोमबारसम्म सुरक्षित स्थानमा रहन आह्वान गरेका छन् ।

तापक्रममा वृद्धि, हावाको बहाव र सुख्खापनले गर्दा भिक्टोरियाका उत्तरी भागमा आगलागी नियन्त्रण बाहिर गएको छ । 

अधिकारीले आगलागीका बीच भिक्टोरियामा चार र न्यू साउथ वेल्समा तीन जना हराइरहेको बताएको छ । 

न्यूसाउथ वेल्समा अवस्थित बेरमुगुई र बेटम्यान्स तटका बासिन्दा पनि मंगलबार विहान समुन्द्री किनार क्षेत्रतिर लागेका थिए । त्यस क्षेत्र नजिकका समुन्द्री किनारमा अहिले थुप्रै अस्थायी बासस्थल निर्माण गरिएको छ । 
‘अवस्था निक्कै चिन्ताजनक छ । आकास राताम्म भएको छ र खरानी यत्रतत्र उडिरहेका छन्,’ ब्याटम्यान्सका एक बासिन्दा जोई सिमोन्सले भने । 

अर्को प्रभावितस्थल मालाकुटाका एक व्यवासायी डेविड जेफ्रीले भने , ‘यहाँ दिउसैं मध्यरातको अध्यारोजस्तो अन्धकार छ । झाडी जल्दा पड्केको आवाज आवाज बस्तीसम्म सुनिन थालेको छ ।’

‘यदि तातो हावा चल्न थाल्यो भने हामी पानीमा हामफाल्न आउनु पर्ने हुनसक्छ ,’ डेभिड थपे । समुन्द्री भागलाई चट्टानका पर्खालले अलग्याईएको छ । 

आगलागी सहरमा पस्दा मालाकूटाका कैयौं घर जलेका छन् । आगलागीलाई समुन्द्र किनारतर्फ फैलनबाट रोक्न धेरै अग्नि–नियन्त्रकलाई अग्नि–रेखाका रुपमा तयारी अवस्थामा राखिएको छ । 

संकट बढ्दै जादाँ भिक्टोरिया राज्यका समुन्द्री किनारमा ४००० मानिस पुगिसकेको आकष्मिक कमिश्नर एण्ड्रयु क्रिस्पले बताए । 

एकतर्फ तापक्रम ४५ डिग्रीमाथि रहेको अर्को तर्फ चर्को बतास र समय समयमा पर्ने चट्याङले गर्दा २४ घण्टाभित्र २००सम्म नयाँ आगलागीका घटना भएका छन् । यसले आगलागीमा तिव्र विस्तार गराइरहेको छ । 

आइतबारको विषम मौसमका कारण न्यु साउथ वेल्सका ग्रामिण अग्नि सेवाका एक अग्नि स्वयमसेवक २८ वर्षे स्याम्युअल म्याकपल मारिए । 

न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सिमानामा चलेको शक्तिशाली बतासले स्यामुअलको दस चक्के ट्रक पल्टाएको थियो । 

हालसालै विवाह भएका स्यामुअलको श्रीमती गर्भवती छन् । घटनामा अन्य दुई अग्निनियन्त्रक पनि घाइते भए । 

डिसेम्बरको प्रारम्भमा अग्निनियन्त्रक चढेको अर्को एक वाहनमा रुख खस्दा दुई कर्मचारीको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप