शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख र राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्न नेकपाले  बोलायो बैठक

बुधबार, १६ पुस २०७६, ११ : ४३
बुधबार, १६ पुस २०७६

काठमाडौँ । सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

बैठक पुस १७ गते ४ बजे बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार भोलिको बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे छलफल हुने छ ।

‘राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट र सभामुखको उम्मेदवार छान्ने विषयमा छलफल हुन्छ’, महासचिव पौडेलको भनाइ छ ।

मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति जुट्न सेकेको थिएन ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यहि पुस २० गते बिहान १० बजेदेखि ३ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनका लागि आयोगले पुस १५ गते सातै प्रदेशमा निर्वाचन कार्यलय स्थापना गरेको जनाएको छ । माघ ९ गते राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुदैछ । 

यसअघि गत आइतबार बसेको बैठकले सभामुखको उम्मेदवार छनोट गर्ने भनिएपनि नेताहरुबीच कुरा नमिल्दा निर्णय हुन सकेको थिएन । बरु नेकपा केन्द्रले प्रदेश सभाको अधिकारमाथि हस्तक्षेप गर्दै प्रदेश नम्बर ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न निर्देशन दिएको थियो । नेकपाको उक्त निर्देशनपछि नेकपाकै कतिपय प्रदेश सांसदहरुले विरोध जनाएका छन् । उनीहरुले संविधान र प्रदेश सभाको अधिकार हनन गर्न खोजेको भन्दै पार्टी सचिवालयको निर्णय नमान्ने चेतावनी दिएका छन् ।

प्रदेश ३ को राजधानी हेटौडा कुनै हालतमा नस्वीकार्ने बताएका उनीहरुले प्रदेश सभामा मतदानमार्फत् राजधानी टुङ्ग्याउने जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप