शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रमण वर्षको अवसरमा सडकको फोहोर टिप्दै गगन थापा

बुधबार, १६ पुस २०७६, १८ : ३७
बुधबार, १६ पुस २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाको अगुवाइमा बुधबार रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । 

भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै उनले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराएका थिए । उनले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताए ।

काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताए ।

नेता थापाले फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै  हामी आअफैँले फोहर नफाल्ने भनेर सङ्कल्प ग¥यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिने बताए । उनले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचो, डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराए ।  नेता थापा सोही टोलमा बस्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप