शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायणकाजी श्रेष्ठ पनि राष्ट्रियसभाका उम्मेदवार

यस्ता छन् नेकपाबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार
शुक्रबार, १८ पुस २०७६, ११ : ३०
शुक्रबार, १८ पुस २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो लगाएको छ ।

शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो । 

यसमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि रहेका छन् । उनलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ । उनी गत प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट पराजित भएका थिए ।

त्यस्तै, अर्का शीर्ष नेता बेदुराम भुषाल पनि उम्मेदवार रहेका छन् ।  राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।


यस्ता छन् नेकपाबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार

प्रदेश १ बाट तीन उम्मेदवार चयन गरिएको छ । जसअनुसार इन्दु गौतम (महिला), गोपी अछामी (दलितबाट) र देवेन्द्र दाहाल (अन्यबाट) चयन भएका छन् ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान छन् ।

प्रदेश ३ बाट महिलामा गंगा बेलबासे, अन्यबाट बेदुराम भुसाललाई उम्मेदवार बनाइएको छ ।

गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ (अन्यबाट) र भगवती न्यौपाने (महिलाबाट) लाई उम्मेदवार बनाइएको छ ।

यस्तै, प्रदेश ५ बाट महिलामा विमला घिमिरे, अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाइएको छ ।

कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसी छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशमा अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।

पार्टी प्रवक्ता श्रेष्ठले पुस २० गते मनोनयन दर्ता गराउने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप