मिर्गौलाको पथ्थरीलाई घरेलु विधिबाट कसरी बाहिर निकाल्ने ?
मिर्गौलाको पथ्थरी पछिल्लो समयमा धेरैको समस्याको रुपमा रहेको छ । मिर्गौलामा पथ्थरी हुँदा पिठ्युँ र पेटको एकापट्टि मात्रै दुख्ने गर्छ । पथ्थरी मूत्रनली भन्दा तल गएपछि मात्रै मिर्गौलामा पथ्थरी भएको छ भन्ने कुरा थाहा हुन्छ ।
सामान्य रुपमा क्याल्शियम र फोस्फेट जस्ता खनिज पदार्थको मात्रा बढी भएमा मिर्गौलामा पथ्थरी हुने गर्छ । साना–साना कणहरु एकापसमा टाँस्सिएर पथ्थरी बन्छन र मुत्रनलीमा गएपछि दुखाई सुरु हुन्छ ।
मिर्गौलामा पथ्थरी हुँदा तल्लो पेट दुख्ने, कोखा दुख्ने, पिसाब गर्दा दुखाई हुने, ज्वरो आउने र बान्ता हुन्छ ।
प्रशस्त मात्रामा तरल पदार्थको सेवनले कुनै पनि अंगमा भएको पथ्थरी कम गर्न मद्दत गर्ने एउटा अचुक उपाय हो । धेरै मात्रामा पानी पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निकाल्न सकिन्छ । त्यसैले मिर्गौलाको पथ्थरी मूत्रनलीबाट बाहिर निकाल्न पानीको मात्रा बढाउनु जरुरी छ ।
यसैगरी, मिर्गौलामा भएको पथ्थरीको अत्यधिक पीडादायी हुने भएकाले उक्त पीडा र पथ्थरी कम गर्न घरेलु उपायहरु अपनाउन सकिन्छ ।
तुलसीको पात
तुलसीको पातमा एसिटिक एसिड हुन्छ । जसले युरिक एसिडको मात्रा सन्तुलन राख्छ र पथ्थरी फुटाउन मद्दत गर्छ ।
गहुँको जमराको जुस
गहुँको जमराको जुसमा एन्डिअक्सिडेन्ट हुन्छ । जसले पिसाब उत्पादन बढाउँछ । जसले मिर्गौलामा पथ्थरी जम्मा हुने जोखिम कम हुन्छ । त्यस्तै पथ्थरी भएको खण्डमा पथ्थरीलाई सजिलै बाहिर फाल्न मद्दत गर्छ ।
कागतीको रस
कागतीमा कार्बनिक अर्थात साइट्रेट हुन्छ जसले क्याल्शियमलाई घटाउने र साथै क्याल्शियमलाई पालतो बनाउन मद्दत गर्छ ।
जैतुनको तेल
जैतुनको तेलले मूत्रथैलीलाई चिप्लो बनाउँछ र पथ्थरी बाहिर फाल्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’