शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका ऋचा शर्मालाई मातृशोक

आइतबार, २० पुस २०७६, १० : १८
आइतबार, २० पुस २०७६

नेपाली सिने जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आमाको निधन भएको छ ।

ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।

रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ ।

रिनादेवीलाई फिल्मी जगतका विभिन्न हस्तीले सोसल मिडियामार्फत् श्रद्धाञ्जली दिएका छन् । निर्देशक दिपाश्री निरौलाले ‘आमा हजुरको बैकुण्ठमा बास् होस्, ऋचा सम्हाल आफूलाई, सबै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ भन्दै ऋचाको आमासँगको तस्बिर पोष्ट गरेकी छिन् ।

दिपाश्रीको उक्त पोष्टमा नायिका करिष्मा मानन्धरदेखि सञ्चिता लुइँटेललगायतका थुप्रै कलाकार र सर्वसाधारणले रिनादेवीमाथि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप