शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जाउलाखेल र एनआरटीले अंक बाँडे

सोमबार, २१ पुस २०७६, १४ : १७
सोमबार, २१ पुस २०७६

काठमाडौं । जाउलाखेल युथ र एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक पाए । यससँगै जाउलाखेलले पाँच खेलबाट नौ अंक बनाएको छ ।

एनआरटीको समान खेलबाट पाँच अंक छ । अघिल्लो सिजन लिगको अन्तिममा रहेकोले यसपटक एनआरटीको दुई अंक घटाइएको छ । एन्फाले अघिल्लो बर्ष रेलिगेसन विनाको लिग सञ्चालन गरेको थियो । सोही कारण अन्तिममा रहने दुई टोलीको यसपटक एक र दुई अंक घटाउने प्रावधान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप