बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाको डढेलोबाट बाँचेका कंगारु खाना र पानीका लागि भौंतारिँदै (फोटोफिचर)

सोमबार, २१ पुस २०७६, १५ : ३९
सोमबार, २१ पुस २०७६

अष्ट्रेलिया । अष्ट्रेलियामा चार महिनादेखि लागेको भीषण डढेलो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी हालसम्म २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन् । युनिभर्सिटी अफ सिड्नीको अनुसन्धानअनुसार आगलागीका कारण ५० करोड जीवको मृत्यु भइसकेको छ भने जनावरहरुको संख्या पनि उत्तिकै छ । केही जनावर त लोप हुने खतरामा छन् ।

नोभेम्बरको अन्तिमतिरबाट आगो नियन्त्रणमा आएको टुउम्बा क्षेत्रको क्रिसबुक बाँध क्षेत्रमा बाँच्न सफल केही जनावरहरु खानाको खोजीमा निस्किएका छन् । जुन क्षेत्रमा लगातार तीन हप्तासम्म आगो लागेको थियो । 

आगोले जलेर घाइते भएका यी जनावरहरु खानाका लागि भौतारिरहेका देखिन्छन् । खानाको अभावमा दुब्लाएका यी जनावरहरु हरियो घाँस पलाएको ठाउँमा चर्नमा निस्किएका छन् । आगलागी भएको क्षेत्रमा पानीका तालहरु सुकेपछि तिर्खाएका कंगारुहरु अहिले जताततै पानीको खोजीमा भौतारिरहेको दृष्य देख्न सकिन्छ ।  

अस्ट्रेलियाका विभिन्न राज्यमा आगलागी जारी रहँदा आइतबार न्यु साउथ वेल्सको सिड्नी र मेलबर्नमा पानी परेको छ । पानी परेसँगै त्यहाँका बासिन्दामा खुसी छाएको छ ।

-अष्ट्रेलिया टुउम्बाबाट सरोज पन्त


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप