शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फाइल सेयरिङका लागि ओपो, भिभो र शियाओमीद्वारा सहकार्य

सोमबार, २१ पुस २०७६, १९ : १९
सोमबार, २१ पुस २०७६

काठमाडौं–स्मार्टफोन ब्राण्डहरु ओपो, भिभो र सियाओमीले संयुक्त सहकार्य मार्फत पियर टू पियर वैश्विक प्रशारण गठबन्धनमा टेवा पु¥याउने प्रतिबद्धता जनाएको छ । 

सो सहकार्यमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्डहरुले पनि सहभागिता जनाउन सकिने जानकारी दिइएको छ । यो गठबन्धनले प्रयोगकर्तालाई तस्विर, भिडियो  लगायत फाइलहरु कुनै ईन्टरनेट कनेक्सन विना नै आदान प्रदान गर्ने सहजता प्रदान गर्नेछ । 

यसले ओपोको नवप्रबर्तनात्मक सञ्चालन प्रणाली कलर ओएस कसरी अन्य प्ल्याटफर्मका लागि समेत सहकार्यका लागि खुल्ला छ भन्ने कुराको राम्रो प्रतिनिधित्व गर्छ ।

 गठबन्धनले ओपो, भिभो र शियाओमी प्रयोगकर्तालाई थप सहज तथा छरितो शेयरिङ अनुभव प्रदान गर्ने

दैनिक जीवनमा ईन्टरनेटले ठूलै सहजता ल्याइदिएको छ । साथै, फाइभजी भित्रनै लागेको अवस्थामा मानिसहरुमा अझ तिब्र र स्थिर कनेक्सन्सको आशा गरिरहेका छन् । तथापी, फरक फरक मोडल्स तथा ब्राण्डका फोनहरुमा भने फाइल शेयरिङले बाधा पुगिरहेको छ । 

यही समस्याको समाधान प्रदान गर्ने सोचका साथ फरक ब्राण्डका स्मार्टफोन विच समेत फाइल शेयरिङमा सहजताका लागि ओपो, भिभो र शियाओमीले मोबाइल उपकरण विच हाई(स्पिड वाईफाई डिरेक्ट ट्रान्स्फर प्राटोकल अन्तर्गत पियर टू पियर गठबन्धनका लागि सहकार्य गरेको हो ।

‘तीन ब्राण्ड विचको यो सहकार्यको मूल उद्देश्य ओपो, भिभो र शियाओमीका विश्वभर रहेका लाखौँ प्रयोगकर्तालाई सहज तथा प्रयोगकर्ता मैत्री फाइल शेयरिङ सुविधा उपलब्ध गराउनु हो’, ओपोका उपाध्यक्ष तथा सफ्टवेयर ईञ्जिनियरिङ बिजनेस डिभिजनका अध्यक्ष एण्डी वुले भने, ‘आफ्ना उपभोक्तालाई संयुक्तरुपमा सेवा प्रदान गर्ने ओपो, भिभो र शियाओमीद्वारा चालिएको यो पहिलो कदम हो । हामी यस गठबन्धनमा अन्य एण्ड्रोइड स्मार्टफोन ब्राण्डलाई पनि स्वागत गर्दै अझ बृहत्त, खुल्ला, सहज र अन्तरक्रियात्मक प्रयोग अनुभव प्रदान गर्न चाहान्छौँ ।’

यो फाइल ट्रान्सफर फञ्सनले उपकरणलाई फराकिलो रेञ्जका साथै, न्यून उर्जा खपत गर्ने ब्ल्यूटूथ लो एनर्जि (बीएलई)को माध्यमबाट स्क्यान गरी वाईफाई पीटूपी (पियर टू पियर) प्रविधि मार्फत फाइल ट्रान्सफर गर्न सघाउँछ । 

ब्लुटुथ भन्दा तिब्र हुनुका साथै यो प्रविधिले वाईफाई कनेक्टिभिटीमा कुनै सम्झौता बिनै फाइल ट्रान्सफर सुविधा प्रदान गर्ने जानकारी दिइएको छ । यस प्रविधिले औसतमा २० एमबीपीएसको ट्रान्सफर गति प्रदान गर्छ ।

केही स्वाइपकै भरमा थप उपकरणसंग शेयरिङको मज्जा

कलरओएस सेवेन सहितको ओपो स्मार्टफोन्समा प्रयोगकर्ताले डेस्कटप स्क्रिनमा स्वाइप डाउन गरी ड्रपडाउन मेनुमा गई ओपो शेयर बटन पाउन सक्छन् । यसलाई केही समय सम्म थिची ईन्टर गर्न सक्छन् । 

यही प्रक्रिया पछ्याउँदै भिभो र शियाओमी फोन्समा पनि फाइलहरु पठाउन तथा पाउन सकिन्छ । बहुसंख्यक फाइल एकै पटक पठाउने कार्यमा सघाउँदै यो फञ्सनले प्रयोगकर्तालाई फाइल ट्रान्सफरको कार्यमा सहजता प्रदान गर्छ ।

ओपो सेयरको प्रयोग कलरओएस सेवेन (एण्ड्रोइड टेन) र माथीका सञ्चालन प्रणाली प्रयोग हुने उपकरणहरुमा सहजै गर्न सकिन्छ । हाल कलरओएस सेवेन ट्रायल भर्जनका रुपमा रेनोटू, रेनो टेनएक्स जुम, एफ११ प्रो, एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन र एफ११मा उपलब्ध गरिएको छ । 

आउँदा महिनाहरुमा यो सञ्चालन प्रणाली फाइन्ड सिरिज, रेनो सिरिज, आर सिरिज, एफ सिरिज, ए सिरिज र केथ्री सिरिजमा समेत उपलब्ध गराइने कमपनीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप