बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजपरिवार त्याग्दै मेगन र ह्यारी

बिहीबार, २४ पुस २०७६, ०९ : १२
बिहीबार, २४ पुस २०७६

ब्रिटेनकी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारी तथा नातिनी बुहारी मेगन मर्कलले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूलाई अलग्ग्याएको घोषणा गर्दै अब आफूलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनका लागि काम गर्ने जानकारी दिएका छन् ।

ड्युक र डेचज अफ ससेक्सको यो घोषणापछि ब्रिटेनको राजपरिवार रुष्ट भएको बताइएको छ ।

प्रिन्स ह्यारी र मेगनले एक बयान जारी गर्दै अब आफूहरु ब्रिटेन र उत्तरी अमेरिकामा आफ्नो समय व्यतित गर्ने बताएका छन् ।

बीबीसीले प्राप्त गरेको जानकारी अनुसार ह्यारी र मेगनले यो घोषणा अघि शाही परिवारका कुनै पनि सदस्यसँग सल्लाह नगरेको र उनीहरुको यो निर्णयले शाही परिवार निराश भएका छन् ।

यो घोषणाले राजपरिवारका वरिष्ठ सदस्यलाई निकै चोट पुगेको बताइएको छ ।

शाही जोडी र राजपरिवारमा मतभेदः

बुधबार एक अप्रत्याशित बयानमार्फत् उनीहरुले आफ्नो इन्स्टाग्राम पेजमा दुईले एक महिनासम्म विचार विमर्शपछि उक्त निर्णय लिएको बताएका छन् ।

बयानमा उनीहरुले भनेका छन्, ‘हामीहरु शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहन्छौं र आफूलाई आर्थिक रुपमा स्वतन्त्र बनाउन काम गर्न चाहन्छौं । तर यति हुँदा हुँदै पनि महारानीलाई हाम्रो समर्थन जारी रहनेछ ।’

उनीहरुले अब आफूहरु ब्रिटेन र उत्तर अमेरिकामा बस्ने जानकारी दिएका छन् । बयानमा उनीहरुले भनेका छन्, ‘यो भौगोलिक रुपमा सन्तुलित स्थानमा हामीलाई शाही तौर तरिकासहित जन्मिएको बच्चालाई पाल्न मद्दत पुग्नेछ । यहाँ हामीले त्यो स्पेस पनि पाउनेछौं जहाँ हामी जीवनको यो नयाँ अध्यायमा केन्द्रीत हुन सक्नेछौं र आफ्नो नयाँ परोपकारी संस्था स्थापना गर्ने पनि मौका पाउनेछौं ।’

बीबीसीका शाही संवाददाता जोनी डायमण्डका अनुसार शाही परिवारले आफूहरु ड्युक र डचेज अफ ससेक्सको यो निर्णयले दुःखी छौं भन्नु नै ठूलो कुरा हो ।

डायमण्डले भनेका छन्, ‘खासमा के भयो भन्ने कुरा खासै महत्वपूर्ण होइन, कसरी गरियो भन्ने कुराले चाहिँ महत्व राख्छ । आफूहरुलाई सम्पर्क नगरेको कुराले शाही परिवारलाई निकै दुःखी बनाउनेछ ।’

राजघरानाका एक प्रवक्ताले भने, ‘ड्युक एण्ड डचेज अफ ससेक्ससँग उनीहरुको यो निर्णयमाथि सुरुवाती कुराकानी भइरहेको थियो । एउटा भिन्न बाटो रोज्ने उनीहरुको इच्छालाई हामी बुझ्न सक्छौं तर यी सबै कुरा निकै जटिल छ, यो ठिक हुन समय लाग्नेछ ।’

राजघरानाका पूर्व प्रेस अधिकारी डिक्की आर्बिटरका अनुसार यो निर्णयबाट थाहा हुन्छ कि प्रिन्स ह्यारीले दिमागको साटो आफ्नो मनको कुरा सुनेका छन् ।

आर्बिटरका अनुसार उनका छोरा आर्चीको जन्मपछि मिडियाले जस्तो व्यवहार गरेको थियो, उनले यस्तो निर्णय लिनुको पछाडि यो पनि एउटा कारण हुनसक्छ ।

आर्बिटरले प्रिन्स ह्यारीको यो निर्णयको तुलना सन् १९३६ मा एडवर्ड–८ को त्यो निर्णयसँग गरेका छन् जब उनले दुई पटक सम्बन्धविच्छेद भइसकेकी भेलिस सिम्पसनसँग विवाह गर्नका लागि शाही गद्दी छोडेका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

“After many months of reflection and internal discussions, we have chosen to make a transition this year in starting to carve out a progressive new role within this institution. We intend to step back as ‘senior’ members of the Royal Family and work to become financially independent, while continuing to fully support Her Majesty The Queen. It is with your encouragement, particularly over the last few years, that we feel prepared to make this adjustment. We now plan to balance our time between the United Kingdom and North America, continuing to honour our duty to The Queen, the Commonwealth, and our patronages. This geographic balance will enable us to raise our son with an appreciation for the royal tradition into which he was born, while also providing our family with the space to focus on the next chapter, including the launch of our new charitable entity. We look forward to sharing the full details of this exciting next step in due course, as we continue to collaborate with Her Majesty The Queen, The Prince of Wales, The Duke of Cambridge and all relevant parties. Until then, please accept our deepest thanks for your continued support.” - The Duke and Duchess of Sussex For more information, please visit sussexroyal.com (link in bio) Image © PA

A post shared by The Duke and Duchess of Sussex (@sussexroyal) on

प्रिन्स ह्यारीको खर्च र प्रश्नः

आर्बिटरले शाही जोडी कसरी आर्थिक रुपमा स्वतन्त्र होलान् भनेर पनि प्रश्न उठाएका छन् ।

उनले भने, ‘ह्यारी कुनै गरिब व्यक्ति होइनन् । तर दुई भिन्न देशमा आफूलाई सेट गर्नु, परिवारको हेरविचार गर्नु र आफ्नो काम पनि गर्न कहाँबाट पैसा आउँछ ?’

शाही जोडीको सुरक्षा कसले गर्छ र उनीहरुको खर्च कसले उठाउँछ भनेर पनि आर्बिटरले प्रश्न उठाएका छन् ।

तर बीबीसीका शाही संवाददाता जोनी डायमण्डका अनुसार शाही जोडीले मनग्गे पैसा जोगाएर राखेका छन् ।

उनका अनुसार प्रिन्स ह्यारीले आफ्नी आमा प्रिन्सेस डायनाबाट अत्यधिक पैसा पाएका थिए र मेगनले पनि एक कलाकारको हैसियतले थुप्रै पैसा कमाएर राखेकी छिन् ।

जोनी डायमण्डका अनुसार ती व्यक्तिका लागि काम गर्न पनि  मुश्किल हुनेछ तर अहिलेका लागि हामीले हेर्नुपर्छ कि यो नयाँ मोडलले काम गर्छ वा गर्दैन ।

उनीहरुले शाही परिवारलाई पूर्ण रुपमा त्याग्ने बारे त निर्णय गरेका छैनन् ?

शाही सिंहासनको लाइनमा प्रिन्स ह्यारी छैटौं स्थानमा छन् । उनीअघि प्रिन्स चार्ल्स, प्रिन्स विलियम्स र उनका तीन सन्तान छन् ।

यसअघि प्रिन्स ह्यारीले आफ्ना दाइ प्रिन्स विलियम्ससँग आफ्नो मतभेदलाई सार्वजनिक गरिसकेका छन् । यी दुई दाजुभाइ केन्सिंगटन प्यालेसमा सँगै बस्दथे तर सन् २०१८ मा प्रिन्स ह्यारी उक्त घरबाट अलग्गिएका थिए र विन्डसरमा आफ्नो नयाँ घर बनाएका थिए ।

सन् २०१९ मा यी दुई दाजुभाइ एउटा च्यारिटीबाट पनि अलग्गिएका थिए जुन दुईजना मिलाएर चलाउँथे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप