शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दबंग –३’ का भिलेन किच्चा सुदिपलाई सलमानले दिए ‘बीएमडब्ल्यू’ उपहार

बिहीबार, २४ पुस २०७६, १० : ००
बिहीबार, २४ पुस २०७६

बलिउड सुपरस्टार सलमान खानले ‘दबंग –३’ का भिलेन किच्चा सुदिपलाई डेढ करोडको गाडी उपहार दिएका छन् । सलमानले दबंग फ्रेन्चाइजीको तेस्रो फिल्मको सफलतापछि खलनायकको भूमिका निभाएका सुदिपलाई १.५४ करोडको बीएमडब्ल्यू कार उपहार दिएका हुन् । 

सुदिपले सलमान खानसँगै नयाँ कारको पनि तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘भारतका स्टारसँग काम गर्न पाउनु निकै ठूलो सम्मानको कुरा हो ।’ उनले क्याप्सनमा अगाडि लेखेका छन्, ‘जब तपाईं राम्रो काम गर्नुहुन्छ तब तपाईंलाई पनि राम्रो नै हुन्छ । सलमान सरले मलाई यो पंक्तिमाथि भरोसा गर्न सिकाइदिनुभयो । जब यो ‘सरप्राइज’ उहाँसँगै मेरो अगाडि थियो ।’

 

उनले अगाडि लेखेका छन्, ‘बीएमडब्ल्यू एम ५... एउटा माया । तपाईंले जुन माया मलाई र मेरो परिवारलाई दिनुभयो त्यसको लागि धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप